ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डोल्पामा जेठ ११ गतेदेखि असार १० गतेसम्म यार्सागुम्बा संकलन खुला

२०७९ जेठ, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

जेठ ८, डोल्पा । डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ ।

शनिवार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म संकलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा संकलनबाट आम्दानीले लिन गर्दछन् ।

कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा संकलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करीब एक महीनाका लागि यार्सा पाटन खुला गरिने भएको हो ।

यार्सा संकलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ ।

यार्सागुम्बा संकलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जानकारी दिएको छ ।

यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जानकारी दिएको छ ।

यार्सागुम्बा सङ्कलन अवधिमा यार्सा संकलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्च तथा वनजंगल संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जानकारी दिएको छ ।

यस्तै यार्सागुम्बा संकलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहरमैला व्यवस्थापनका लागि यार्सागुम्बा संकलनकर्तालाई नाकामा अभिमुखीकरण गर्ने जानकारी दिइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)