ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

दुई वर्षभित्र सबै घरमा विद्युत् पुर्‍याइने

२०७९ जेठ, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकारले बुधवार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पुर्‍याउने र ‘एक घर एक धारा’को नीति लिएर काम गर्ने उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । कृषिक्षेत्रको विकासका लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसमसम्बन्धी नियमित सूचना दिने व्यवस्था गर्ने, किसान परिचयपत्रलाई अनिवार्य गर्दै लैजाने, स्थानीय तह, कृषि सहकारी र निजीक्षेत्रको सहकार्यमा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू गर्ने भनिएको छ ।

प्रदेश सरकारले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित सेवालाई अनलाइनमार्फत प्रवाह गरिने घोषणा गरेको छ । ठूला आयोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न बृहत् लगानी सम्मेलन प्रदेशमै गर्ने, अन्तरराष्ट्रिस्तरका सभासम्मेलन  आयोजना गर्न औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि ‘एक गाउँ एक उद्यमी’ कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी सिमेन्ट निर्यातका लागि सम्भाव्यता अध्ययन गरिने र घरेलु मदिरा ब्राण्डिङ गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै भूउपयोग नीति ल्याएर कार्यान्वयन गर्ने, सहकारी शिक्षा नेतृत्व विकास, व्यावसायिक योजना र उद्यमशीलता विकासका तालीम सञ्चालन गर्ने तथा ‘टोलटोलमा सहकारी घरघरमा रोजगारी’ अभियान चलाउने घोषणा गरिएको छ । सहकारीमार्फत सामूहिक खेती सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको लक्ष्य छ । पर्यटनको क्षेत्रमा पनि सरकारले सानादेखि ठूला कार्यक्रम घोषणा गर्ने बताएको छ । प्रादेशिक सडक यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ । प्रदेशभरका विभिन्न ६० स्थानमा साना सिँचाइ आयोजना निर्माण गर्ने घोषणा गरिएको छ ।

प्रदेश सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पुर्‍याउने लक्ष्य राखेको छ । यस्तै ‘एक घर एक धारा’को अभियान पूरा गर्ने, मिडिया काउन्सिल गठन गरी सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने, सिटी सफारी, टेम्पोलाई स्थानीय तहमै दर्ता र नवीकरण गर्ने व्यवस्था गर्ने, पर्यटकीय स्थललाई चलचित्र छायांकनस्थल बनाउने पनि उल्लेख गरिएको छ । यस्तै प्रदेश शिक्षा नीति निर्माण गरिने भएको छ । सबै स्थानीय तहमा एउटा नमूना सामुदायिक विद्यालय बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)