ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिलामा राडीपाखी उद्योगले किसानलाई राहत

२०७९ असार, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताए ।

यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उनले भने, ‘राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउनेछन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडाले आवश्यक सहयोग पुर्‍याउनुपर्नेछ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)