ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा कठ्ठामै २८ लाख बढ्यो न्युनतम मूल्य, कठ्ठाको ३ करोड ८ लाखसम्म, ५ ठाउँको मूल्य करोड माथि

२०७९ साउन, ३  
घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ३, चितवन  । चितवनमा सरकारले एकै पटक कठ्ठामै २८ लाख रुपैयाँसम्म न्युनतम मूल्याङ्कन बढाएको छ ।

भरतपुर मालपोत क्षेत्रभित्र पर्ने जग्गाको आर्थिक वर्ष २०७९/८० का लागि गरिएको नयाँ मूल्याङ्कनमा एकै कठ्ठा जग्गाकै ३ करोड ८ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । यस अघि यहाँ प्रतिकठ्ठा २ करोड ८० लाख रुपैयाँ न्युनतम मूल्याङ्कन कायम गरिएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको मूल्याङ्कन समितिको बैठकले रजिष्ट्रेसन पारित गर्नका लागि जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको हो ।

३ वर्षदेखि न्युनतम मूल्याङ्न नबढेका कारण अहिले १० प्रतिशतले बढाउँदा पनि मेन रोडका जग्गाको न्युनतम मूल्य ३ करोड ८ लाख रुपैयाँ पुगेको मालपोत कार्यालय चितवनका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए ।

मूल्याङ्कन समितिका अनुसार लायन्सचोकदेखि नारायणी पुलसम्मका महेन्द्र राजमार्गसँग जोडिएका भरतपुर महानगरपालिका–१ को घडेरी जग्गाको मूल्य सबैभन्दा बढी  प्रतिकट्ठा ३ करोड ८ लाख रूपैयाँ निर्धारण गरिएको भण्डारीले बताए ।

शहीदचोकदेखि बालकुमारी मावि जाने चोकसम्मका घडेरी जग्गाको मूल्य प्रतिकट्ठा २ करोड ४० लाख, महेन्द्र राजमार्गमा पर्ने नहरदेखि पुंगीखोलासम्म १ करोड २० लाख, नारायणगढ–मुग्लिन राजमार्गमा पर्ने पोखरा बसपार्कबाट वडा नं–३ सिमानासम्म १ करोड ७० लाख रूपैयाँ तोकिएको छ ।

नारायणगढ–मुग्लिन राजमार्गसँग जोडिएका रामनगर क्षेत्रका जग्गाको ३८ लाख, भरतपुर महानगरपालिका–२ अन्तर्गतको बाइपास रोडसँग जोडिएको जग्गाको ५२ लाख ५० हजार, महेन्द्र राजमार्गसँग जोडिएका भरतपुर–३ का जग्गाको दुई करोड ८५ लाख रूपैयाँ निर्धारण गरिएको छ । राजमार्गबाट खोलिएका भित्री सडकका जग्गाको १ करोड रूपैयाँ तोकिएको भण्डारीले बताए ।

भरतपुर–४ अन्तर्गतको त्रिचोक–धर्मचोक, त्रिचोक–पीपलचोक, लङ्कू खोला पुल–यज्ञपुरी चोकसम्मको पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रतिकट्ठा ४८ लाख ५० हजार रूपैयाँ निर्धारण गरिएको छ ।

भरतपुर–७ को बुद्धचोकदेखि क्यान्सर अस्पतालको अन्तिम सिमानासम्मको सडकसँग जोडिएको जग्गाको ६२ लाख, भरतपुर–९ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको हाकिमचोक–बसपार्कसम्मका घडेरीको एक करोड दुई लाख तोकिएको छ ।

भरतपुर–१० अन्तर्गत पर्ने राजमार्गसँग जोडिएको भरतपुर ओरालोदेखि पारस बसपार्कसम्मको घडेरीको पनि एक करोड दुई लाख रूपैयाँ निर्धारण गरिएको छ । रत्ननगर नगरपालिकामा राजमार्गसँग जोडिएको घडेरी जग्गाको ३३ लाख, कालिका नगरपालिका–१ का पिच बाटोका जग्गाको २३ लाख, कालिका–६ खोलेसिमल बजार क्षेत्रका ३० लाख ५० हजार, इच्छाकामना गाउँपालिका–३, ४ र ५ मा पर्ने राजमार्गसँग जोडिएको जग्गाको ६६ लाख रूपैयाँ निर्धारण गरिएको छ ।

‘मूल्याङ्कन पुस्तिका तयार गर्दा कुलो, राजकुलो र नहरले छुने जग्गालाई कच्ची बाटोले छोएको सरह मूल्याङ्कन गरिएको  र कुनै जग्गाको मूल्याङ्कन हुन छुटेको छ भने दायाँबायाँ जग्गाको वर्गीकरणको आधारमा मूल्य निर्धारण गरिने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)