ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा प्रतिबन्धित मंगुर माछा जफत

२०७९ साउन, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत नेतृत्वको बजार अनुगमन टोलीले अवैध रूपमा भित्र्याइएको मंगुर माछा वीरेन्द्रनगरबाट जफत गरेको छ । प्रशासनले अवैध भित्र्याइएको प्रतिबन्धित मंगुर माछाको विक्री भइरहेको सूचना पाएलगत्तै बजार अनुगमन टोलीले स्थानीय हटियालाइन चोक र मंगलगढी चोकबाट २१० किलोग्राम माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

अनुगमन टोलीले हटियालाइनस्थित विरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरी मंगलवार राति नै वीरेन्द्रनगर नगरपालिका अगाडि रहेको कुइनेपानी जंगलमा गाडेर नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए । सर्वसाधारणको गुनासो र सूचनाका आधारमा प्रहरीसहितको अनुगमन टोलीले माछा जफत गरी नष्ट गरेको र फेरि विक्री वितरण गरेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनी व्यवसायीलाई दिइएको उनको भनाइ छ ।

थापाका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारहरूको सहभागिता थियो । माछाको वर्गीकरणमा समेत नराखिएको मंगुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधता पनि नष्ट गरी जल प्रदूषण बनाउने जानकार बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)