ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा आइपुग्यो मंकिपक्स परीक्षण किट, यस्ता लक्षण भए मात्रै परीक्षण हुने

२०७९ साउन, १२  
समाचार स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

साउन १२, काठमाडौं । राष्ट्रिय जन स्वास्थ्य प्रयोशाला टेकुमा मंकिपक्स रोगको परीक्षण गर्ने किट आइपुगेको छ ।

प्रयोगशालालाई डव्लुएचओ (WHO) को सहयोगमा २५० थान परीक्षण  किट प्राप्त भएसंगै  यसको परीक्षण नेपालमै शुरु हुन लागेको हो ।

प्रयोगशालाका सूचना अधिकारी लोकबन्धु चौधरीका अनुसार यो किट सहजै खरीद गर्न पाइदैँन । अहले बिश्वब्यापी महामारीको रुप लिन लागेको मंकिपक्स सरुवा रोगका कारण यसको अभाव कायमै छ । 

‘यो किट यसै पनि व्यवसायिक रुपमा खरीदविक्री गर्न पाइँदैन । अहले बिश्वब्यापी बढेको मंकिपक्सका कारण यसको अभाव छ ।  खरीद गर्न नपाइने भएकाले डब्लुएचओको सहयोगमा मात्रै किट उपलब्ध हुँदै आएको छ,’ उनले भने । 

चौधरीका अनुसार संकास्पद बिरामीको पहिले चिकेनपक्स परीक्षण गरिने छ । उक्त रिपोर्ट नेगेटिभ आएमा मात्रै मंकिपक्स परीक्षण हुने छ ।

‘पहिले चिकेनपक्स परीक्षण गरेपछि यदि यो नेगेटिभ आएमा मात्रै मंकिपक्स् परिक्षण गर्छौं,‘ उनले भने, ‘चिकेनपपक्स नेगेटिभ आएपछि पनि छालाको डाक्टरले रिफर गरेपछि मात्रै मंकिपक्स हो होइन भनी किटबाट परीक्षण गरि हेर्छौ ।‘

हाल उपलब्ध किट थोरै भएको र सहजै सबैको परीक्षण गर्ने नसकिने भएकाले परीक्षणको लागि प्रोटोकल तयार पारिएको छ।  सोहि प्रोटोकल अनुसार  परीक्षण गरिनेछ ।

प्रयोगशालामा हाल भ्यालिटेसनको काम भइरहेको र भ्यालिटेसन सकिएपछि यरीक्षण शुरु हुने पनि उनले बताए।

‘हामीले  प्रोटोकल  बनाएका छौं, त्यसै अनुसार परीक्षण गर्छौं । अहिले भ्यालिटेसनको काम गर्दै छौं ।' उनले अभियानसँगको कुराकानीमा भने । 

हाल केन्द्रले देशका १४ ओटै अञ्चल अस्पताललाई फोकल हस्पिटलको रुपमा तयारी रुपमा राखेको छ । यी अस्पतालमा १४ जनानै फोकल फिजिसियन डाक्टरलाई तयारी अवस्थामा राखिएको छ । यी फिजिसियनले परीक्षण गर्दा संका लागेमा वा अन्य परीक्षण पछि मात्रै के‍न्द्रमा स्याम्पल पठाउने छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)