ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपतिमा 'साउने सोमवार'को तयारी शुरू, 'अधिकमासले नृत्य पूजामा फरक नपर्ने'

२०८० असार, १७  
विविध स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउन महीनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी शुरू गरेको छ ।

साउन महीना भगवान् शिवको महीना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् ।

देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी शुरू गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान् पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उनले बताए ।

भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ ।

अपव्यय सबै शिवले नै लिनुहुने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ ।

साउनको पनि सोमवारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
–रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)