ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना, 'मुटुको चाल मनिटरिङ गर्नुपर्ने'

२०८० असार, २  
स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पतालमा भर्ना हुनुभएको छ ।

राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएको हो ।

उहाँको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना हुनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।  

सो सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा शनिवार जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

राष्ट्रपति पौडेललाई केहि दिन अघि मात्र ह्रदयघात भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)