ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अफ्रिकन स्वाइन फिभर रोक्न उच्च सतर्कता

२०७९ साउन, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । देशका विभिन्न भागमा सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखा परेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ । झापा, काठमाडौं, चितवनलगायत क्षेत्रमा सुँगुर मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएपछि सुर्खेतमा समेत फैलिन सक्ने भन्दै उच्च सावधानी अपनाइएको हो ।

सुर्खेतमा अन्तरप्रदेशबाट ल्याइने रोगी सुँगुर, बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने हुँदा कडा निगरानी गरिएको छ । बाहिरबाट सुँगुर तथा बंगुर ल्याउँदा पशुचिकित्सकबाट चेकजाँच परीक्षणपछि निरोगी प्रमाणित पाइएमा मात्रै भिœयाउन पाइने पशुपन्छी विकास निर्देशनालय सुर्खेतले बताएको छ ।

अफ्रिकन स्वाइन फिभरको संक्रमण जतिबेला पनि फैलिन सक्ने भएकाले सुर्खेतसहित कर्णालीका सबै जिल्लामा उच्च सतर्कता अपनाइएको निर्देशनालयका निर्देशक प्रचण्ड खड्काले बताए । उनले गतवर्ष चैतदेखि नेपालमा देखापर्न थालेको अफ्रिकन स्वाइन फिभरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुर्खेत भित्रिने सबै नाकाहरूमा पशुविज्ञ, सुँगुर तथा बंगुर पालक तथा व्यवसायी, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर सतर्कता अपनाइएको बताए ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएकाले प्रभावकारी उपचार नहुने हुँदा सतर्कता नअपनाइए ठूलो क्षति हुन सक्ने उनको भनाइ छ । ‘कुनै स्थानमा अस्वाभाविक रूपमा सुँगुर/बंगुर मरेमा वा लक्षण देखापरेमा तत्काल स्थानीय तहमा रहेका पशुसेवासँग सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘यो रोगका कारण क्षति भएका कृषकलाई राहत दिने व्यवस्था छैन ।’ बर्ड फ्लुजस्तै प्रकृतिको अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखापर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा नसर्ने विज्ञ बताउँछन् । यो रोगको संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने उनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)