ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छात्रावास भवन निर्माण १७ वर्षदेखि अलपत्र

२०७९ भदौ, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । रौतहटको गौरस्थित जुद्ध माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण १७ वर्षदेखि अलपत्र परेको छ । २०६२ पुस १४ मा ठेक्का सम्झौता गरिएको छात्रावास भवन अझैसम्म बन्न सकेको छैन । काठमाडौंको गोर्खा, स्काई र क्यानिजियो कन्स्ट्रक्सनले ठेक्का सम्झौता अनुसार काम नगर्दा भवन निर्माण सम्पन्न हुन नसकेको हो ।

भूमिगत संगठनको दबाब, मूल्यवृद्धि, मधेश आन्दोलन, कोभिड लगायत कारण देखाउँदै भवनको काम रोकिएको छ । निर्माण कम्पनीले छात्रावास भवन निर्माण अलपत्र छाडेपछि भवन काम अघि बढाउन गौर नगरपालिकाले पहल थालेको छ । केही दिनअघि गौर नगरपालिका प्रमुख शम्भु साहले भारतीय महावाणिज्य दूतावास वीरगन्जका काउन्सिलर नीतीश कुमारसँग छात्रावास भवन निर्माणका विषयमा छलफल गरेका थिए ।

नगर प्रमुख साहले दूतावासलाई आवश्यक समन्वय गरिदिन र भवन निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले भवन निर्माणमा जोड दिइएको उनले बताए ।

लामो समयसम्म छात्रावास निर्माण नहुँदा शिक्षक, विद्यार्थी र अभिभावक निराश छन् । भारतीय दूतावासको १ करोड ९८ लाख ८० हजार ऋण सहयोगमा बन्न लागेको भवन निर्माणका लागि दूतावासले ७० लाख पेस्की समेत दिइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)