ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

२०७९ असोज, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

सुर्खेत । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कर्णालीमा पनि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिवारदेखि कर्णालीका सुर्खेतसहित दशओटै जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । चाडपर्वको बेलामा बजारमा अस्वाभाविक मूल्यवृद्धि हुने भएकाले बजार हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

उपभोक्तालाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सुपथ पसल सञ्चालनमा ल्याइएको कम्पनीको प्रदेश कार्यालय सुर्खेतको भनाइ छ । कर्णाली प्रदेश कार्यालयले सुर्खेतको वीरेन्द्रनगरस्थित गोदाम हल लाइनमा सुपथ मूल्य पसल सञ्चालनमा छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल शनिवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे । दशैं, तिहार, छठ लगायत चाडपर्वका बेला बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन सक्ने भन्दै उनले थोरै भए पनि बजार हस्तक्षेप गर्न सुपथ पसल प्रभावकारी हुने अपेक्षा गरे । साथै बजार अनुगमन गरिने समेत उनले बताए ।

‘बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका साथै विपन्न तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको सुपथ पसलबाट बिचौलियाले फाइदा उठाउनु हुँदैन,’ उनले भने, ‘चाडपर्वमा आम नागरिकलाई सेवा पुर्‍याउन यस्ता पसल अब सरकारी स्वामित्वका निकाय मात्र होइन, निजीक्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व अनुसार सञ्चालन गर्नुपर्छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको बताए । सहुलियत मूल्य पसलबाट चामल, दाल, घ्यू, तेल र मसालाहरू उपलब्ध गराइने उनले जानकारी दिए । ‘चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)