ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैकल्पिक मार्ग सञ्चालनमा

२०७९ असोज, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

दैलेख । दैलेखमा वर्षाले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । सडक अवरुद्ध हुँदा दशैं मनाएर गन्तव्य फर्कनेका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो ।

वैकल्पिक मार्गमार्फत यात्रा सहज बनाउने प्रयास गरिए पनि पहिरोका कारण जोखिमपूर्ण रूपमा आवतजावत गर्नुपर्ने अवस्था भने अहिले पनि कायमै छ । कर्णाली राजमार्ग अन्तर्गत दरबारे भीरमा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध छ । अहिले दैलेख सदरमुकाम बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यता छ । एउटा मात्र वैकल्पिक रूपमा रहेको दैलेख–सुर्खेत सडक खण्डमा पनि ५० भन्दा बढी स्थानमा पहिरो गएको छ ।

दशैं सकिएसँगै कर्मथलो फर्कने मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका यात्रुलाई सहजै गन्तव्यमा पुर्‍याउन दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुखसहितको टोली पहिरो खसेकै स्थानमा पुगेर सडक खुलाउने काममा जुटेका छन् । दैलेख सुर्खेत खण्डको डुंगेश्वर बजार नजिक ठूलो पहिरो गएर सडक भासिएपछि पहिरो पन्छाएर सडक सञ्चालन गर्न सुरक्षा निकायको टोली, सडक विभाग र स्थानीय पालिकाको डोजर प्रयोग गरिएको थियो । २० स्थानमा झरेको पहिरो हटाउन चार दिनदेखि अवरुद्ध सडक बुधवारदेखि मात्र सञ्चालनमा आएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

सडक खुलाउन नारायण नगरपालिका, डुंगेश्वर गाउँपालिका, गुराँस गाउँपालिकाका डोजर प्रयोग गरिएका छन् । दैलेख खण्डको चुप्रा बजार, माथिल्लो डुंगेश्वर खण्ड, जिरो पोइन्ट, घोडावास खण्डलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको छ । पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम तीव्र पारिएको छ । सडक भासिएका स्थानमा नालीमा ढुंगा बिच्छ्याउँदै वैकल्पिक मार्ग निर्माण गरिए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ । सयौं यात्रुहरू धेरै दिनसम्म अलपत्र हुने अवस्था देखेपछि सडक भित्तामा रहेको नालीमा ढुंगा हालेर वैकल्पिक सडक तयार गरिएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)