मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका-३ का किसानले वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुनः शुरू गरेका छन् । अर्गानिक बालिको रूपमा परिचित मार्सीले स्वास्थ्यमा गर्ने फाइदाबारे बुझेपछि स्थानीय किसान यो धानको उत्पादन गर्न उत्साहित भएका छन् ।
गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्याल्सियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सूक्ष्म तत्त्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृदा लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।
बालीचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाही बताउँछन् । -रासस