ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोरु पाल्न छाडेर हातेट्याक्टरले जोत्छन् भीमबहादुर

२०७९ कात्तिक, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक तस्वीर

रुकुमपश्चिम (मुसीकोट) । मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्ष अघिसम्म उनको गोठमा हल गोरु बाँधिएका हुन्थे । उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आए ।

उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उनले गोरु पाल्न छाडेका हुन् । उनीसँग जोत्नका लागि मिनीटिलर (हातेट्याक्टर) छ । त्यस्तै उनले धान, गहुँको दाईं नगरी दाना झार्न थ्रेसर किनेका छन् ।     

पाण्डे मात्र होइन, रुकुमपश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन् । गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो । पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । कृषिको काम गर्दा सहज, छरितो हुने भएपछि जिल्लाका किसान आधुनिक कृषि औजार आकर्षित भएका हुन् । जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो । 

जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ । कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् । मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलारड्रायर, हातेपंखाजस्ता औजार प्रयोग हुने गरेको छ ।

जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिए । संघ, प्रदेश, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको उनको भनाइ छ ।

कृषक आफैंले पनि ती औजार खरीद गरी प्रयोग गरिरहेका छन् । आधुनिक कृषि औजारमार्फत काम गर्दा सहज हुने भएपछि किसानको आकर्षण बढेको किसानको भनाइ छ । एक हल गोरुले एक दिनमा जोत्ने बारी हाते टेलरले दुई घण्टामा सकाउने किसान बलबहादुर केसीले सुनाए । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)