ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानले गोरु पाल्न छाडे

२०७९ कात्तिक, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रुकुम । रुकुमको मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसकेका छन् । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनको बाउबाजेले आफै पालेको गोरु जोतेर खेतीपाती गर्दै आएका थिए । तर अहिले गाईबस्तु बाँध्ने उनको गोठमा गोरु देखिँदैनन् । आफूले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाडेको उनले बताए । उनीसँग अहिले मिनीटिलर (हाते ट्र्याक्टर) छ । त्यस्तै गहुँ, धान केलाउन थ्रेसरको प्रयोग गरिरहेका छन् ।

पाण्डे मात्रै होइन, रुकुमपश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन् । गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो । पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । कृषिको काम गर्दा सहज र छिटो हुने भएपछि जिल्लाका किसान आधुनिक कृषि औजारमा आकर्षित भएका हुन् । जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै कृषि यन्त्रको प्रयोग बढेको हो । जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ । कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् ।

मिनीटिलर, थ्रेसर, चाफकटर, सोलार ड्रायर, हातेपङ्खाजस्ता औजार प्रयोग हुने गरेको छ । जिल्लाका सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिए । संघ, प्रदेश, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण गरिएको उनको भनाइ छ । कृषक आफैले पनि ती औजार खरीद गरी प्रयोग गरिरहेका छन् । आधुनिक कृषि औजारमार्फत काम गर्दा सहज हुने भएपछि आकर्षण बढेको किसानको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)