ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्लामा हेलिकोप्टरमार्फत मतपत्र पुर्‍याइँदै

२०७९ कात्तिक, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ । आयोगले नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट जुम्लामा मतपत्र पुर्‍याएको हो । बिहीवार दुईपटक सेनाको (एनए–०५५ इसियु इक्विरल) हेलिकोप्टरले जुम्लामा मतपत्र ओसारेको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए । उनका अनुसार कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकोप्टरमार्फत मतपत्र लैजानुपरेको हो । ‘मतपत्र काठमाडौंबाट सुर्खेतसम्म गाडीमा ल्याइए पनि त्यहाँबाट हेलिकोप्टरमा जुम्लासम्म ओसार्ने काम भइरहेको छ,’ गणपति थापाले भने, ‘स्थानीय तहको निर्वाचनमा ठूलो क्षमताको ट्रकमा ल्याएका थियौं, तर यसपटकको विपद्ले सडक साँघुरो भएकाले हेलिकोप्टरबाट मतपत्र ओसार्नुपरेको हो ।’

जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला ल्याइएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला आइपुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता रहेको बताए । उनका अनुसार प्रदेश (क)तर्फ ३६ हजार ७ सय ८३ र प्रदेश (ख)तर्फ ३१ हजार ७ सय ५५ मतदाता छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)