ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील

२०७९ कात्तिक, ३०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् । जिल्लाका सातओटै स्थानीय तहमा रहेका ५८ ओटा मतदान केन्द्र र ५९ ओटा मतदानस्थलका २४ ओटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुुस्थिति मूल्यांकन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो ।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच ओटा, सिमकोटमा चार ओटा, खार्पुनाथमा दुई ओटा, सर्केगार्डमा चार ओटा, चङखेलीमा चार ओटा, अदानचुलीमा एक ओटा र ताजाकोटमा चार ओटा छन् । अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको छ । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुसार खटाइने छ । त्यसैगरी समितिले २२ ओटा मतदानस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुसार नाम्खामा तीन ओटा, सिमकोटमा दुई ओटा, खार्पुनाथमा दुई ओटा, सर्केगार्डमा चार ओटा, चङखेलीमा चार ओटा, अदानचुलीमा पाँच ओटा र ताजाकोटमा दुई ओटा रहेका छन् । जिल्लाका १२ ओटा मतदानस्थललाई भने सामान्य रूपमा वर्गीकरण गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)