ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

२०७९ मंसिर, ६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जाजरकोट । डोल्पाका आठओटा स्थानीय तहमध्ये दुईओटा स्थानीय तहको मतपेटिका मात्र जिल्ला सदरमुकामको मत गणनास्थलमा पुगेको छ । जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका मात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका मंगलवार बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ ।

बाईसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिए । सोमवार हावाहुरी बढी चलेकाले मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ । भौगोलिक रूपमा विकट भएकाले तीनओटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ । भारी हिमपात भएकाले उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी समेत हेलिकोप्टरकै सहयोगमा उपल्लो डोल्पा पुर्‍याइएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)