मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना शुरू भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो शुरू भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै संकलन भयो,’ उनले भने, ‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पुर्याइएको थियो ।’ रासस