ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

२०७९ पुस, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बिहीवार (आज) पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

यस्तै, मन्त्रीहरू मङ्गलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको बुधवार बसेको बैठकबाट दुवै दलले आधा/आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)