ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ का विनाविभागीय ६ मन्त्रीले पाए जिम्मेवारी

२०७९ माघ, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ का विनाविभागीय ६ मन्त्रीले मन्त्रालयसहितको जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनका कारण मन्त्रालय बाँडफाँटमा तत्काल सहमति नहुने देखेपछि प्रदेशका मन्त्रीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका थिए । दुई साता बितिसक्दा पनि मन्त्रालयको टुंगो नलाग्दा ६ जना मन्त्रीहरूलाई दैनिक कार्यसम्पादनमा कठिनाइ भएको थियो । तर शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरूलाई मन्त्रालय तोक्दै कार्यविभाजन गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै ९ ओटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरूले जिम्मेवारी पाएका हुन् । प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएका छन् । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग, श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय खारेज भएका छन् । मन्त्रिपरिषद्को बैठकले साविकका १३ ओटा मन्त्रालयलाई ९ ओटामा झारेको हो ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैसँग राखेका छन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने माओवादीका दुर्गा चापागाईंले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

यसैगरी राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र नेकपा माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते तीनजना मन्त्री नियुक्त गरेका थिए । नेकपा एमालेका मेन्याङ्बो, राप्रपाका सिटौला र जसपाकी लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा पुस ३० गते नेकपा माओवादीका चापागाईं र आचार्यका साथै नेकपा एमालेका राजभण्डारीलाई मन्त्री बनाए पनि सबै विनाविभागीय थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)