ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सीएनआई कोशी एक्स्पो २०२३’को तयारी पूरा

२०७९ माघ, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले पहिलोपटक आयोजना गर्न लागेको ‘सीएनआई कोशी एक्स्पो २०२३’को तयारी पूरा भएको छ । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होम नजिक खाली चौरमा आयोजना गर्न लागिएको एक्स्पोमा ३७० स्टल रहनेछन् ।

माघ १९ देखि २८ गतेसम्म सञ्चालन हुने एक्स्पोको खर्च तीन करोड रुपैयाँ छ भने प्रायोजन र स्टल विक्रीबाट करीब तीन करोड रुपैयाँ उठेको आयोजकले बताएको छ । एक्स्पोमा ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

एक्स्पो ३ लाखदेखि ४ लाखले अवलोकन गर्ने दाबी गरिएको छ, जसमध्ये ५० हजार दर्शक छिमेकी मुलुक भारतबाट आउने अपेक्षा गरिएको सीएनआईका प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

एक्स्पोले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ । स्थानीय उत्पादन र पर्यटन क्षेत्रलाई समेत प्रोत्साहन हुनेगरी एक्स्पो आयोजना गरिएको उनले बताए ।

एक्स्पो संयोजक राजेन्द्र राठीले एक्स्पोको प्रवेश शुल्क रू. ५० रहेको बताए । प्रवेश टिकट एक्स्पोको काउण्टरका साथै खल्ती एपबाट पनि खरीद गर्न सकिने मेलाकी सहसंयोजक गिरिजा शारडाले बताइन् ।

नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालय, नेपाल पर्यटन बोर्ड र प्रदेश १ सरकार अन्तर्गत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, दुहबी नगरपालिका र बुढीगंगा गाउँपालिकाले एक्स्पो प्रवर्द्धनमा सहयोग गरेका छन् । एक्स्पोका मुख्य सहयोगी संस्थाहरू मोरङ व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एशोसिएशन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नर्सिङ कलेज, मेडिकल एशोसिएशन कोशी, इलेक्ट्रिक्स संघलगायत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)