ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५ वर्षपछि प्रहरीचौकी पुनः सञ्चालनमा

२०७९ माघ, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

मान्म । कालीकोटमा फुकोट प्रहरीचौकी २५ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको छ । द्वन्द्वकालमा सुरक्षाका कारण विस्थापित भएको प्रहरीचौकी २५ वर्षपछि शुक्रवारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरीचौकी विसं १९८१ मा तत्कालीन राणाकालीन समयमा स्थापना गरिएको थियो । द्वन्द्वका बेला विसं २०५४ मा विस्थापित भएको प्रहरीचौकी पुनः स्थापना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । ‘तत्कालीन सुरक्षाका कारण प्रहरीचौकी नजिकैको इलाका प्रहरी कार्यालय रास्कोटमा सारिएको थियो,’ उनले भने, ‘स्थायी प्रहरीचौकी भएका कारण पुनः स्थापना गरिएको छ ।’

प्रहरीचौकीमा एक प्रहरी सहायक निरीक्षकसहित १० प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिमालले बताए ।

स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनः स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरीचौकी पुनः स्थापना भएपछि स्थानीय उत्साहित भएको रास्कोटका नगर प्रमुख धर्मराज शाहीले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)