ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दश शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

२०७९ फागुन, १७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रू. ९ करोड ९२ लाख लागतमा निर्माणाधीन उक्त अस्पताल आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माणाधीन यो अस्पतालको काम सम्पन्न भएपछि सर्वसाधारणले साधारण उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताइन् । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले नौ ओटा वडामै सडक सञ्जालले जोड्ने कामसमेत अघि बढाएको छ ।

सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जान सहज हुने विश्वास लिएको उनले बताइन् । अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिश गरिएका बिरामीलाई उपचारका लागि बाहिर लैजान सहज भएको बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)