ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मीरगञ्ज पुल पूर्ण सञ्चालन : विराटनगर भन्सारको राजस्व संकलन बढ्यो

२०७९ फागुन, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । जोगबनी नाकाबाट ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज पुल पूर्ण रूपमा सञ्चालन भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २०० को संख्यामा मालवाहक गाडी विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा प्रवेश गर्न थालेका छन् ।

पुल सञ्चालन हुनुअघि मालवाहक गाडी ११६ किलोमिटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुन: विराटनगरस्थित आईसीपीमा भन्सार जाँचपासका लागि आउने गरेका थिए । सम्बन्धित उद्योग तथा व्यापारिक फर्ममा माल अनलोड गरेर फेरि भण्टाबारी नाकाबाटै फर्कनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १२० ओटा मात्रै मालवाहक गाडी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्ने गरेका थिए ।

मीरगञ्जको पुल भासिएपछि घुमाउरो बाटो आउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित बनेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँसम्म राजस्व संकलन भएकोमा अहिले मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० करोडदेखि १२ करोड रुपैयाँसम्म राजस्व संकलन भइरहेको बताए । घुमाउरो बाटोबाट आउँदा मालवाहक गाडीको संख्या कम भए पनि अहिले पुन: बढ्न थालेको उनको भनाइ छ । ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले पनि मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहक गाडीको संख्या बढेको बताए । पहिले घुमेर भण्टाबारी नाकाबाट आउनेभन्दा अहिले सोझै आउने मालवाहक गाडीको संख्या बढेको जानकारी उनले दिए ।

मीरगञ्जको पुल भासिएको कारण देखाउँदै सन् २०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले जोगबनी नाकाको सट्टा ११६ किलोमिटर पश्चिममा रहेको सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । सोहीअनुसार नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दिएको थियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालनको अनुमति दिएपछि भारतसहित तेस्रो मुलुकसँगको व्यापार सहज बनेको हो ।

यसअघि एउटा मालवाहक गाडी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने कारोबार एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँ घटेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)