ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब नक्सा लिन नापी कार्यालयमै धाउनु नपर्ने, नापीको सेवा स्थानीय तह र बैंकबाट दिने तयारी

२०७९ चैत, २१  
समाचार घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं । नापी विभागले बैंक तथा वित्तीय संस्था र  स्थानीय तहलाई नक्सा सम्बन्धी काम गर्न युजर (Login user IDs) दिन शुरू गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले बैंकिङ कार्यको लागि नक्सा उपयोग गर्न सक्नेछन् भने स्थानीय तहले सर्वसाधारणलाई समेत नक्सा दिन सक्ने नापी विभागका महानिर्देशक जनकराज जोशीले बताए ।

जसका लागि विभागले बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकलाई गत भदौमा पत्र लेखेर यो सेवा बैंक आँफैले दिनसक्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो । 

अहिले यो सेवा Nabil Bank Limited, NIC Asia Bank लगायतले  लिइसकेका छन् । अहिले अन्य डेढ दर्जन बैंकहरू यो सेवा लिनको लागि सम्पर्कमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक दामोदर ढकालले बताए ।

'यस अगाडि कुनैपनि बैंक तथा वित्तीय संस्थाले नक्सा ट्रेस ल्याउन नापीकार्यलय नै जानुपर्ने बाध्यता थियो, अब भने बैंकले रोक्का फुकुवा लगायतका बैंकिङ कार्यको लागि आफै नक्सा हेर्न सक्ने भएका छन् ।' उनले भने, 'बैंकका शाखा अनुसार छुट्टा छुट्टै युजर आईडी माग भएको छ ।  यसमा एक बैंकलाई एक आईडी गर्ने बारेमा छलफल भइरहेको छ । यसका लागि हरेक वित्तीय क्षेत्रको केन्द्रीय निकायलाई दिने र आफ्नो सञ्जालभित्र उसैले चलाओस भन्ने विभागको चाहाना छ ।'

सर्भर समेत यसकालागि सक्षम रहेकोले सबै स्थानीय तह र बैंकलाई युजर आईडी दिंदा फरक नपर्ने तर धेरैलाई दिंदा विभागललाई व्यवस्थापनमा समस्या हुनसक्ने उनले बताए । विभाग परिसरमा नै रहेको सर्भरको  फाईबर कनेक्टीभीटीको लागि नेटवर्क सेवा प्रदायक कम्पनी सुविसु र वर्ल्डलिंक नेटवर्क लिजमा प्रयोग गरिरहेको छ । 

 शुरूमा कमर्सियल बैकबाट शुरू गरेर क्रमश: 'क' 'ख' 'ग' वर्गका वित्तीय संस्थासहित सहकारीलाई समेत यसमा जोड्ने विभागको योजना छ ।

यस अघि भूमि व्यवस्थापन तथा अभिलेख विभागले रोक्का फुकवा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई भूसेवा केन्द्रको अनुमति    दिइसकेको छ ।

ती मध्ये सानीमा बैंक र प्राइम कमर्सियल बैंकले विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेका छन् । ती बैंकबाट ३०० हाराहारी रोक्का/फुकुवाको काम भइसकेको भूमि व्यवस्थापन विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले जानकारी दिए ।

उनका अनुसार Login user IDs भने सबै बैंकले लिएका छन् । ख र ग वर्गका साथै केही सहकारी संस्थाले पनि भूसेवा केन्द्रको अनुमति लिइसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)