ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी अस्पताल वीरमा चुरोट लत छुटाउने उपचार, 'चुरोटको लत चुइङगमले छुटाउने'

२०८० जेठ, १९  
र यो पनि स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । के तपाईं चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहनुहुन्छ ? हो भने वीर अस्पताल जानुस् । त्यहाँ त्यस्तो उपचार शुरू भएको छ । 

अस्पतालले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ नामको उपचार पद्धति शुरू गरेको हो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलत छुटाउन ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ शुरू गरिएको जानकारी दिए । 

थेरापीमा चुरोट, सुर्ती, खैनीको लत छुटाउन निकोटिन चुइङगम दिइन्छ र त्यसले लत छुटाउने उनले बताए । ‘मानिसले कति चुरोट सुर्ती सेवन गर्छ, सोहीअनुसार मात्रा मिलाएर निकोटिन चुइङगम दिइन्छ,’ उनले भने, ‘चुइङगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्छ । लत हटाउन पनि चुइङगम दिइन्छ ।’

उनले चुरोट, सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्व पनि हुने र तिनले क्यान्सर गराउने तर निकोटिन मात्र भएको चुइङगमले शारीरिक मानसिक असर गर्ने भए पनि क्यान्सर नगराउने बताए । उनले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सकको परामर्शमा निकोटिन चुइङगमको माध्यमबाट विस्तारै लत छुटाउन सकिने बताए । 

‘चुरोट, सुर्ती र खैनीको सट्टा चुइङगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि विस्तारै चुइङगमको कारणले चुरोट, सुर्ती र खैनी खाउँ, खाउँ लाग्ने बानी हराउँदै जान्छ,’ उनले भने, ‘अनि  विस्तारै मानिसको लत हटाउन सकिन्छ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)