ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
विपद् प्रतिकार्यमा वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
NA
जेठ १८, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यका लागि वडा स्तरमा स्वयंसेवक परिचालन गर्न कालिकोटका स्थानीय तहलाई निर्देशन दिएका छन् ।  स्वास्थ्य पूर्वाधार र योजना अनुगमनाका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्ला स्तरीय विपद...

कर्णाली प्रदेशलाई संघिय सरकारको ४० अर्ब बजेट
NA
जेठ १८, वीरेन्द्रनगर । संघीय सरकारबाट कर्णाली प्रदेशले ४० अर्बभन्दा बढी बजेट पाउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार र यहाँका स्थानीय तहलाई गरी ४० अर्ब ९१ करोड ६४ लाख अनुदान दिन लागेको हो । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले प्रदेश र स्थानीय तहलाई विभिन्न चार...

कर्णाली प्रदेशमामा ९५% संक्रमितले जिते कोरोना 
NA
जेठ १८, सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । सोमवार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कर्णाली प्रदेशमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना संक्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्र...

खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट छुट्याएको छ । प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार...

कर्णाली प्रदेशकाका पाँच ओटा अस्पताललाई ११ करोड 
NA
जेठ १७, सुर्खेत । संघीय सरकारले कर्णाली प्रदेशका पाँच ओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो ।  कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्...

कर्णाली प्रदेश सरकार : १० महीनामा पूँजीगत बजेट खर्च १९ प्रतिशत मात्र
NA
वीरेन्द्रनगर । आर्थिक वर्ष २०७७/७८ को १० महीना बितिसक्दा कर्णाली प्रदेश सरकारको विकास लक्षित पूँजीगत बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतको तथ्यांकअनुसार प्रदेश सरकारले चालू आवको १० महीनामा विकास बजेट १९ दशमलव २३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालू आर्थिक वर्ष...

कर्णालीमा नीति तथा कार्यक्रमको तयारी शुरू : ठूला आयोजना र महामारी नियन्त्रणलाई प्राथमिकता
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेशमा नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि नीति तथा कार्यक्रको तयारी शुरू भएको छ । यसका लागि कर्णाली प्रदेश योजना आयोगले खाका तयार गरिरहेको छ । आयोगका अनुसार प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा ठूला आयोजनाको कार्यान्वयन र कोरोना महामारी नियन्त्रण प्राथमिकतामा राखिन...

चौरजहारी नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान
NA
जेठ १६, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा लिइएको लक्ष्य भन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ४६ लाख ८२ हजार ७०१ रुपैयाँ संकलन भइसकेको छ । यो कुल लक्ष्यको ८२ द...

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने
NA
जेठ १६, सिमकोट । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ ।  बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए । नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६...

कोरोना संक्रमितलाई दूध, मही निःशुल्क
NA
सुर्खेत । सुर्खेत डेरी उद्योगले कोभिड–१९ विरुद्धको लडाइँमा सहयोग गर्ने उद्देश्यले प्रदेश आयुर्वेद औषधालयको कोरोना आइसोलेसनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ । उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषध...