ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णालीका पाँच अस्पताललाई ११ करोड
NA
सुर्खेत (अस) । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पेडियाट्रिक आईसीयू र आ...

सुर्खेत डेरी उद्योगद्वारा कोरोना संक्रमितलाई निःशुल्क दूध र मही 
NA
जेठ १४, सुर्खेत । सुर्खेत डेरी उद्योगले प्रदेश आयुर्वेद औषधालयको कोरोना आईसोलेशनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ ।   उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड­१९ का बिरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ ल...

कर्णाली सरकारको बजेट : १० महीनामा २१ प्रतिशत मात्र खर्च
NA
जेठ १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिकको पछिल्लो दश महीनामा २१ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले साउनदेखि वैशाख मसान्तसम्म २१ दशमलव ६१ प्रतिशत मात्र खर्च भएको जानकारी दिएको छ ।  प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार विनियोजित कुल बज...

त्रिवेणी गाउँपालिकामा अदुवा उद्योग प्रशोधन उद्योग सञ्चालन हुँदै
NA
जेठ १४, रुकुम । रुकुम पश्चिमको त्रिवेणी  गाउँपालिका ६ स्थित दहवाङमा  अदुवा प्रशोधन उद्योग सञ्चालन हुने भएको छ ।   जिल्लाको त्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको अदुवा प्रशोधन गरी विक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनको तयारी थालिएको हो ।  ह...

लिफ्ट प्रणालीबाट खानीपानी
NA
डोटी । डोटीको शिखर नगरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । वर्षौं पहिलेदेखि खानेपानीको समस्या भएको उक्त गाउँमा नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत खानेपानीको व्यवस्था मिलाएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा ३६ लाख ३४ हजार...

कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्वयंसेवक खटाउँदै 
NA
जेठ १३, वीरेन्द्रनगर ।  कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले अब स्वयंसेवक खटाउने निर्णय गरेको छ । शव व्यवस्थापन, अक्सिजनको आपूर्ति र समुदायमा जनचेतना फैलाउनका लागि स्वयंसेवक खटाउने लागिएको हो । स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु...

जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु 
NA
जेठ १३, खलंगा । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दूरी कायम गर्दै रोपाइँमा लागि परेका छन् ।  कोरोना भाइरसको दोेस्रो लहरको संक्रमण रोकथामका लागि जुम्लाको प्रशासनले पनि एक महीनादेखि निषेधाज्ञा जा...

कर्णाली प्रदेशमा खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट
NA
जेठ १२, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले  खाद्यान्न ढुवानीका लागि करीब साढे २ करोड बजेट छुट्याएको छ । सरकारले ८ हजार ३०० क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको हो ।  तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्...

सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था 
NA
जेठ १२, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर भर्ने (रिफिलिङ) को व्यवस्था गर्ने भएको छ । कर्णाली प्रदेशलाई नै धान्ने गरी सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्ने भएको हो ।  प्रदेश सरकारले सुर्खेतमा अक्सिजन रिफिलिङको व्यवस्थानका लागि प...

सुर्खेतका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
NA
वीरेन्द्रनगर । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले खानेपानी सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना अन्तर्गत सुर्खेतका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले जिल्लाको भेरीगंगा नगरपालिकाको कोभिड अस्पताल र वराहताल गाउँपालिका केन्द्रको आइसोलेसनका लागि स्वास्थ्य सुरक्षाका...