ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
इयू सुरक्षा सूचीबारे प्रसारित समाचारप्रति निगमको ध्यानाकर्षण

काठमाडौं। नेपाल वायुसेवा निगमले नेपाललाई निगमको कमजोरीका कारण युरोपेली संघ (इयु)को सुरक्षा सूचीबाट नहटाइएको भन्ने आशयको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । गत बुधवार इयुले नेपाललाई हवाई सुरक्षा सूचीमै राखिएको बेहोराको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । त्यसपछि प्रकाशित कति...

विस्तृतमा →

कोशीका विनाविभागीय तीन मन्त्रीले पाए जिम्मेवारी

विराटनगर। कोशी प्रदेशका विनाविभागीय तीन मन्त्रीले आइतवार मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डलका तीन विनाविभागीय मन्त्रीहरूको कार्यविभाजन गरेर मन्त्रालयको जिम्मेवारी दिएका छन् । सरकार गठनको डेढ महीनापछि मुख्यमन्त्री कार्कीले आइतवार मन्त्रीहरूको कार्यविभाजन गरेका...

विस्तृतमा →

नेपाली सर्ट भिडियो एप ‘रमाइलो’मा आकर्षण

काठमाडौं। टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियो शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप सार्वजनिक भएको करीब एक सातामै एक लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । एपका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले हाल एपमा ९० हजारभन्दा बढी प्रयोगकर्ता सक्...

विस्तृतमा →

पर्यटन प्रवर्द्धन गर्न सौराहामा गोही संरक्षण मेला 

चितवन। चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । सौराहाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केयर फर नेचर (सिएफएन)को आयोजनामा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा ‘नेपाल गोही संरक्षण मेला २०८०’ हुने भएको हो । मेलाका संयोजक रञ्जना भट्टले गोही लोप हुँदै गएको भन...

विस्तृतमा →

‘कृषिको सम्भाव्यता उपयोगका लागि प्रोत्साहनको खाँचो’

वीरगञ्ज। मधेशको कृषि क्षेत्रको उपयोगमार्फत आर्थिक विकासमा छलाङ मार्न सकिने सम्भावना भए पनि त्यसको उपयोग हुन नसकेको निजीक्षेत्रले बताएको छ । मधेश प्रदेशका उद्योगी व्यापारीहरूले संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई मन्त्रालयमै भेटेर यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य महा...

विस्तृतमा →

इजरायलमा सिकेको ज्ञानबाट स्वदेशमा सफलता

काठमाडौं। सन् २००४ मा इजरायल जानुअघिसम्म कृषिमा खासै रुचि नराख्ने खोजराज कटुवाल सजिलै भिसा पाइन्छ भनेर मात्रै कृषि कामदारका रूपमा त्यहाँ जान तयार भएका थिए । इजरायलको प्रविधिमा आधारित कृषि क्षेत्रमा काम गर्दै गएपछि प्रविधि उपयोग गर्दा थोरै जनशक्तिबाटै धेरै उत्पादन लिन सकिने तथ्य उनले बुझे ।...

विस्तृतमा →

अर्थतन्त्र उकास्न सरकार अलमलियो : पूर्वअर्थमन्त्री खतिवडा

विराटनगर। मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको, तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । अर्थतन्त्र संकटउन्मुख भए पनि अहिलेको अवस्थाभन्दा तल नजाने उनको भनाइ छ । सूचकांकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने उनले बताए । आइतवार मोर...

विस्तृतमा →

सहकारीलाई श्वेतपत्र जारी गर्न ‘डेडलाइन’

काठमाडौं । सहकारी संघसंस्थाले मङ्सिरभित्रै आफ्नो सम्पत्ति र दायित्व विवरणसहितको श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको सुझावका आधारमा सबै सहकारी संघसंस्थाको अवस्था सार्वजनिक हुने गरी मङ्सिरभित्रै श्वेतपत्र जारी गराउन मातहतका निकायलाई निर्देशन दिएको...

विस्तृतमा →

लघुवित्तको प्रतिफलदर घट्दो 

काठमाडौं। लगानीकर्ताका लागि आकर्षक मानिएको लघुवित्त वित्तीय संस्थामा पूँजीको तुलनामा पाउने प्रतिफल खुम्चिन थालेको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायतको प्रभावले आर्थिक गतिविधिमा कमी आउँदा लघुवित्तको नाफा घटिरहेको छ । ब्याजदर, सेवाशुल्क लगायतमा सीमा तोक्ने नेपाल राष्ट्र...

विस्तृतमा →

कात्तिक १ पछि आईपीओ स्वीकृति ठप्प

काठमाडौं । शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाढीले दोस्रो बजारमा आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले कात्तिक १ गतेपछि आईपीओ स्वीकृति दिएको छैन ।  कात्तिक १ गते बोर्डले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्...

विस्तृतमा →