ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेवानीद्वारा श्वेतपत्र जारीः निगम उच्च आर्थिक जोखिममा, सरकारसँग आर्थिक सहायता माग (श्वेतपत्रसहित)

Nov 15, 2018  
समाचार मुख्य खबर हेर्नैपर्ने
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

कात्तिक २९, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)ले श्वेतपत्र जारी गर्दै संस्था उच्च आर्थिक जोखिममा रहेको जानकारी गराएको छ । निगमले संस्थाको जोखिम कम गर्न, संस्थालाई थप बलियो र प्रतिस्पर्धी बनाई विश्वसनीयता कायम गर्न सरकारसँग आर्थिक सहायता माग गरेको छ ।

बिहीवार निगमको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष मदन खरेलले निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताए ।

निगमको जहाजको तिर्नुपर्ने कर्जा रू. ३२ अर्ब ८७ करोड रहेको तथा दीर्घकालीन कर्जा र जम्मा पूँजी रू. ३९ अर्ब ८२ करोड रहेकाले निगम उच्च जोखिममा रहेको स्वेतपत्रमा उल्लेख छ । निगमले ‘ए–३३० वाइड बडि’ एयरबस किन्न सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

कर्जा तिर्नका लागि निगमले वाषिर्क १० दशमलव ५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । कर्जाको किस्ता र ब्याज तिर्नुपर्ने भएकाले यसबाट निगमको तरलता र नाफामा सिधै असर परेको अध्यक्ष खरेलले बताए । निगमको अहिले अधिकृत पूँजी रू. ३० करोड मात्र छ भने पूँजी लगानी रू. ३ अर्ब १० करोड छ । अधिकृत पूँजीभन्दा लगानी पूँजी बढी भएकाले यसलाई यथाशीघ्र नियमित गर्न निगमले सरकारसँग पूँजी थप गर्न माग गरेको हो ।

निगमले आफूसँग भएका सबै जहाज उडान गर्न र नयाँ विमानहरुको गन्तव्यका विषयमा सम्बन्धित मुलुकसँग छलफल भइरहेकाले केही समयमै वाइडबडि विमानले लामो दूरीमा उडान गर्ने जानकारी गराए । ति विमानको लागि जापान, रियाद र कोरियामा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जीएसए छनोट कार्य पनि भइरहेको श्वेतपत्र जारी गर्दै निगमका अध्यक्ष खरेलले जानकारी दिए ।

नेवानीले जारी गरेको श्वेतपत्र  :-
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)