ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यूबिज बिजनेश स्कूल कन्क्लेभ एन्ड अवार्ड–२०१९ : कुसोम फेरि उत्कृष्ट व्यवस्थापन कलेज

Jun 23, 2019  
समाचार मुख्य खबर हेर्नैपर्ने
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) लगातार दोस्रो वर्ष उत्कृष्ट बिजनेश कलेज अवार्ड जित्न सफल भएको छ । गत वर्षको अवार्ड पनि कुसोमले नै प्राप्त गरेको थियो । मूल्यांकनका २२ ओटा आधारमा बाँकी १ हजार ८३३ ओटा कलेजलाई पछाडि पार्दै कुसोमले अवार्ड हात पारेको हो । ‘न्यू बिजनेश एज प्रालि’द्वारा शुक्रवार आयोजित ‘न्यूबिज बिजनेश स्कूल कन्क्लेभ एन्ड अवार्ड–२०१९’ मा कुसोमलाई उक्त अवार्डबाट सम्मान गरिएको छ । अवार्डको यो पाँचौं संस्करण हो ।

रोजगारी बजार तथा उद्यमशीलताका लागि उपयुक्त शैक्षिक जनशक्ति उत्पादन गर्नु नै कुसोमको यस सफलताको आधार रहेको अवार्ड निर्णायक मण्डलको भनाइ छ । ‘व्यवस्थापनमा अगाडि’ नाराका साथ यो कलेज २०४८ सालदेखि सञ्चालनमा छ । यस कलेजमा बीबीए, एमबीए÷ईएमबीए, बीबीआईएस जस्ता व्यवस्थापन विषय पठनपाठन हुँदै आएको छ । कुसोमले इन्क्युबेशनका माध्यमबाट व्यवसायसहित विद्यार्थीलाई कलेजबाट बिदा गर्दै आएको छ । साथै, उद्यमशीलता विकासका लागि विभिन्न गतिविधि सञ्चालन र बिजनेश ‘हाउस’हरूसँगको सहकार्यमा विद्यार्थीलाई वास्तविक व्यावसायिक अभ्याससँग परिचित गराउनेजस्ता काम पनि उक्त कलेजले गर्दै आएको छ ।

कुसोमबाट उत्पादित जनशक्तिको बजारमा उच्च माग, उत्कृष्टस्तरको जर्नल प्रकाशन, गुणस्तरीय फ्याकल्टिज (शिक्षक), पूर्वविद्यार्थीको अद्यावधिक तथ्यांक र उनीहरूसँगको सहकार्य, पर्याप्त भौतिक संरचना तथा उच्चस्तरका विद्यार्थी एक्सपोजर कार्यक्रमहरू यसका सबल पक्ष हुन् ।

कुसोमले यसअघि सन् २०१३, २०१४ र २०१८ मा पनि उक्त अवार्ड हात पारिसकेको छ । कुसोम यस वर्षको उत्कृष्ट एमबीए र उत्कृष्ट बीबीए कलेजको अवार्ड प्राप्त गर्न पनि सफल भएको छ । अवार्ड हस्तान्तरणपछि बोल्दै कुसोमका डिन विजय केसीले कलेजले व्यवस्थापन विषयमा गरेको योगदानको कदर गरेकामा आभार प्रकट गरे । आगामी सेमेस्टरदेखि स्नातकोत्तर तहमा सार्वजनिक नीति तथा प्रशासन कोर्समा अध्यापन थाल्ने तयारी पूरा भएको उनको जानकारी दिए ।

देशभरका १ हजार ८३४ व्यवस्थापन कलेजमध्येबाट यसपटक उत्कृष्ट ४७ (विषयका आधारमा) कलेज सम्मानित भएका छन् । एमबीए, बीबीए विधाका उत्कृष्ट १०/१०, एमबीएस, बीबीएस, बीएचएम, पब्लिक विधाका उत्कृष्ट ५/५ र सातओटा प्रदेशबाट उत्कृष्ट १/१ कलेज सम्मानित भएका छन् । त्यसमध्ये हरेक विधा र प्रदेशका उत्कृष्ट १/१ गरी १३ ओटा कलेजलाई ‘शिल्ड’ तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ । बाँकी ३३ ओटा कलेज भने प्रमाणपत्रबाट सम्मानित भएका छन् ।

कार्यक्रमको प्रायोजक एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोमेश्वर सेठले भने, ‘हामी नेपालको समग्र व्यवस्थापन शिक्षालाई सुधार तथा सुदृढ गर्ने उद्देश्यले यसमा संलग्न भएका हौं ।’ बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई जस्तै यसलाई पनि महŒव दिएको उनले बताए ।

उत्कृष्ट कलेजको छनोटमा सहभागी ‘जुरी लिडर’ तथा नेपाल सरकारका पूर्वसचिव किशोर थापाले व्यवस्थापन कलेजको मूल्यांकनमा पारदर्शी प्रक्रिया अपनाइएको बताए । ‘पेशागत दक्षता, निष्ठा र सदाचारमा आँच नआउने गरी मूल्यांकन गरेका छौं,’ उनले भने ।

उत्कृष्ट कलेज मूल्यांकनका आधार

  • आधिकारिक वेबसाइट भएको हुनुपर्ने
  • भिजन, मिशन, अब्जेक्टिभ/गोल र स्लोगनमध्ये कम्तीमा एउटा वेबसाइटमै लेखिएको हुनुपर्ने
  • सम्बद्ध शैक्षिक कार्यक्रम सञ्चालन गरेको कम्तीमा ५ वर्ष पुगेको हुनुपर्ने
  • जर्नल प्रकाशन
  • विद्यार्थीलाई रोजगारीसँग जोड्ने व्यवस्था
  • प्रवेश परीक्षा
  • तत्कालीन समयमा चलिरहेका व्यावसायिक अभ्यासका सम्बन्धमा जानकारी गराउने व्यवस्था (बिजनेश भिजिट, गेस्ट लेक्चर, इन्टर्नशीप)
  • बिजनेश इन्क्युबेशनका साथै शीप तथा उद्यमशीलता विकासका कार्यक्रम
  • विद्यार्थीको पहलमा अगाडि बढाइएका सिकाइ तथा विकास गतिविधि
  • उच्च प्राप्तांक (सीजीपीए)
  • कलेजले पाएको गुणस्तर प्रमाणपत्र
  • राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय व्यवस्थापन संस्थासँगको सदस्यता एवम् आबद्धता
  • पाठ्यक्रमबाहिरका अल्पकालीन कोर्स सञ्चालन
  • उत्तीर्ण भएर गएका विद्यार्थीको वर्तमान अवस्थाको अद्यावधिक सर्वेक्षण (ट्रेसर सर्वे)
  • कलेजको जमीनको क्षेत्रफल र उक्त जमीनको स्वामित्वको अवस्था
  • भवनको क्षेत्रफल र कक्षा कोठाको संख्या
  • पुस्तकालयको क्षेत्रफल
  • खेलकुद मैदानको क्षेत्रफल
  • विषयगत अभ्यासका लागि छुट्याइएको क्षेत्रफल
  • कम्प्युटर ल्याबको क्षेत्रफल
  • टिचिङ लर्निङ सफ्टवेयरको प्रयोग

एभरेष्ट बैंक लिमिटेडको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा सह–प्रायोजक प्रभु बैंक, लक्ष्मी बैंक र एनएमबी बैंक थिए । अवार्ड कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनी र सूर्य लाइफ इन्स्योरेन्स पार्टनर थिए भने बीमा समिति र भिबोर क्यापिटल लिमिटेडको सहयोग थियो । कार्यक्रमको मिडिया पार्टनर सौजन्य मिडिया थियो ।

उत्कृष्ट १० एमबीए कलेज

  • काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम), बालकुमारी, ललितपुर
  • युनिग्लोब कलेज, नयाँबानेश्वर, काठमाडौं
  • एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, नयाँबानेश्वर, काठमाडौं
  • वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज, पर्सा
  • सायम कलेज, पुरानो बानेश्वर, काठमाडौं
  • डीएभी बिजनेश स्कूल, धोबीघाट, ललितपुर
  • प्रेसिडेन्सियल बिजनेश स्कूल, नयाँ बानेश्वर, काठमाडौं
  • फिनिक्स कलेज अफ म्यानेजमेन्ट, बिजुलीबजार, काठमाडौं
  • काठमाडौं डनबस्को कलेज, लाजिम्पाट, काठमाडौं
  • पूर्वाञ्चल युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट, विराटनगर मोरङ

उत्कृष्ट १० बीबीए कलेज

  • काठमाडौं युनभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम), बालकुमारी, ललितपुर
  • काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम), ग्वार्को, ललितपुर
  • युनिग्लोब कलेज, नयाँ बानेश्वर, काठमाडौं
  • एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, नयाँ बानेश्वर, काठमाडौं
  • सायम कलेज, पुरानो बानेश्वर, काठमाडौं
  • ला ग्रान्डी इन्टरनेशनल कलेज, पोखरा, कास्की
  • डीएभी कलेज, भनिमण्डल, ललितपुर
  • वीरगञ्ज पब्लिक कलेज, पर्सा
  • थेम्स इन्टरनेशनल कलेज, पुरानो बानेश्वर, काठमाडौं
  • तिलोत्तमा कलेज, योगीकुटी, रूपन्देही

उत्कृष्ट ५ एमबीएस कलेज

  • आदिकवि भानुभक्त क्याम्पस, दमौली, तनहुँ
  • काठमाडौं बर्नहार्डट् कलेज, बाफल, काठमाडौं
  • धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ
  • नेपाल मेगा कलेज, बबरमहल, काठमाडौं
  • कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली

उत्कृष्ट ५ बीबीएस कलेज

  • डीएभी कलेज, भनिमण्डल, ललितपुर
  • नेस्फिल्ड इन्टरनेशनल कलेज, लगनखेल, ललितपुर
  • आदिकवि भानुभक्त क्याम्पस, दमौली, तनहुँ
  • आस्था कलेज, दमक, झापा
  • काठमाडौं बर्नहार्डट कलेज, बाफल, काठमाडौं

उत्कृष्ट ५ होटल म्यानेजमेन्ट कलेज

  • एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआईटीएम), सातदोबाटो, ललितपुर
  • नेपाल एकेडेमी अफ टूरिजम् एन्ड होटल म्यानेजमेन्ट (नाथम), रविभवन, काठमाडौं
  • इन्टरनेशनल स्कूल अफ टूरिजम् एन्ड होटल म्यानेजमेन्ट (आईएसटी), ज्ञानेश्वर, काठमाडौं
  • नेस्फिल्ड इन्टरनेशनल कलेज, लगनखेल, ललितपुर
  • एकेडेमी अफ कुलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, लगनखेल, ललितपुर

उत्कृष्ट ५ पब्लिक कलेज

  • नेपाल एकेडेमी अफ टूरिजम् एन्ड होटल म्यानेजमेन्ट (नाथम), रविभवन, काठमाडौं
  • आदिकवि भानुभक्त क्याम्पस, दमौली, तनहुँ
  • धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ
  • कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली
  • पद्मकन्या बहुमुखी क्याम्पस, वागबजार, काठमाडौं
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)