जेठ १३, काठमाडौं (अस) । सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार संघीय संसदमा उक्त आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
सर्वेक्षणमा नेपालको आर्थिक वृद्धिदर पछिल्लो वर्षहरुमा उच्च रहन सकेको र मूल्य वृद्धिदर निश्चित सीमाभित्र रहेको उल्लेख छ । भौतिक पूर्वाधारको निर्माण, ऊर्जाको भरपर्दो र निरन्तर उपलब्धता, लगानी तथा औद्योगिक गतिविधिमा भएको वृद्धि लगायतले उच्च आर्थिक वृद्धि हासिल गर्ने आधारशीला तयार भएको सरकारको दाबी छ । सरकारले चालू आर्थिक वर्षमा ७.० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ ।
हेर्नुहोस् आर्थिक सर्वेक्षण २०७५/७६ को पूर्णपाठः