ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार ९ जनामा तपाईको नाम छ कि छैन ? (हेर्नुहोस् नतिजा)

Jun 28, 2019  
समाचार शिक्षा हेर्नैपर्ने
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

असार १३, काठमाडौं (अस) । गएको जेठ २५ र २६ गते सञ्चालित कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागीमध्ये १२ हजार ९ जनाको नाम प्रकाशित भएको छ ।

सार्वजनिक भएको नतिजा अनुसार औद्योगिक क्षेत्रमा ९ हजार १३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८७६ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले जानकारी गराएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएकाहरुले अब ‘स्किल टेस्ट’ एवम् ‘कम्पिटेन्सी टेस्ट’मा सहभागी हुन पाउने छन् । यी परीक्षणमा सफल भएकाहरु मात्रै सन् २०२० मा दक्षिण कोरिया जान पाउने छन् । पछिल्लो समय रोजगारीका लागि दक्षिण कोरिया जाने युवाहरुको आकर्षण बढ्दो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)