ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतले खुकुलो गर्यो विद्युत् खरीद नीति, नेपालले तेस्रो मुलुकमा पनि विद्युत बेच्न सक्ने (निर्देशिकाको पूर्णपाठसहित)

Dec 23, 2018  
समाचार मुख्य खबर हेर्नैपर्ने
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने

पुस ८, काठमाडौं । भारतले नेपाल लगायत छिमेकी देशहरूबाट विद्युत् खरीद गर्ने नीति खुकुलो बनाएको छ । यस निर्देशिकाका आधारमा अब नेपालले भारत तथा भारत हुँदै अन्य देशमा पनि सहजरूपमा विद्युत् व्यापार गर्ने बाटो खुलेको छ ।

भारतको पावर मिनिस्ट्रीले पुस ३, २०७५ (डिसेम्बर १८, २०१८)मा जारी ‘विद्युत् आयात/निर्यात (सीमापार) निर्देशिका–२०१८’ ले यो व्यवस्था गरेको हो । यसअघि सन् २०१६ को डिसेम्बर ५ मा जारी ‘सीमापार विद्युत् व्यापार निर्देशिका’ माथि चौतर्फी विरोध भएपछि भारतले निर्देशिका संशोधन गरी नयाँ निर्देशका जारी गरेको हो ।

जारी नयाँ निर्देशिका अनुसार अब नेपाल र भारतबीच सहजरूपमा विद्युत् आयात/निर्यात गर्न बाटो खुलेको छ । ‘भारत र छिमेकी देश(हरू)बीच भएका सम्झौता र समग्र संरचना तथा सम्बन्धित देशहरूका विद्यमान कानून अन्तर्गत रहेर उक्त देशहरूका संस्थाहरूको आपसी सहमतिमा विद्युत् आयात/निर्यात गर्न सकिने छ ।’ निर्देशिकामा उल्लेख गरिएको छ ।

निर्देशिकामा आयात/निर्यातका लागि तीन ओटा विकल्प प्रस्तुत गरिएका छन् । यसमा, दुई देशबीचको सम्झौताबाट, बोलपत्र आह्वानबाट र लिने र दिने संस्थाबीचको आपसी सम्झौताबाट आयात/निर्यात गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।

अब नेपालमा उत्पादन हुने विद्युत् नेपाल सरकारको निकाय वा निजी क्षेत्र स्वयंले पनि भारतको सम्बन्धित निकायसँग समन्वय गरी निर्यात गर्न सक्नेछन् । साथै निर्देशिकाले नेपालले भारतको भूमि हुंदै तेस्रो मुलुकसँग विद्युत आयात निर्यात गर्न सक्ने बाटो समेत खोलेको छ । यसले बंगलादेशले नेपालबाट विद्युत खरीद गर्ने सम्बन्धमा भएको सम्झौता पनि कार्यान्वयनमा आउने भएको छ । यस प्रकृयामा सहजीकरणका लागि भारतले एक अधिकारी तोक्ने निर्देशिकामा उल्लेख छ ।

यसअघिको निर्देशिकामा भारतले छिमेकी मुलुकबाट विद्युत् खरीद गर्न सम्बन्धित विद्युत आयोजना सोही मुलुकको सरकारको लगानीमा बनेको हुनुपर्ने प्रावधान राखिएको थियो । अन्यथा त्यस्ता आयोजनामा भारत सरकार वा भारतीय कम्पनीको ५१ प्रतिशत शेयर रहेको हुनुपर्ने उल्लेख थियो । उक्त प्रावधान सन २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौता विपरित भएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पुनर्विचार गर्न भारतको पावर मिनिस्ट्रीलाई पत्र पठाएको थियो । यसैगरी भारतसँग सीमाना जोडिएका अन्य देशहरूले पनि उक्त निर्देशिकामा ध्यानाकर्षण गराएपछि भारत निर्देशिका संशोधन गर्न बाध्य भएको हो ।

यस्तो छ भारतले ल्याएको नयाँ निर्देशिका :-

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)