ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदुरका नाममा कम्पनी खोलेर करोडौं राजस्व ठगी गर्ने २४ फर्ममाथि मुद्दा (सूचीसहित)

Mar 5, 2019  
समाचार मुख्य खबर हेर्नैपर्ने
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

फागुन २१, काठमाडौं । राजस्व अनुसन्धान विभागले मजदुरको नाममा कम्पनी खोलेर करोडौं राजस्व ठगी गर्ने २४ ओटा फर्मका सञ्चालक विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले कर छलि गर्ने मुख्य व्यक्ति जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गरी अनुसन्धान सम्पन्न गरी उनीहरुसहित २४ ओटा फर्मका सञ्चालक समेतलाई १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

ती कम्पनीहरुले मजदूर र निम्न आय स्रोत भएका व्यक्तिको नाममा फर्म दर्ता, भ्याट दर्ता गरी नक्कली बिलमार्फत करोडौंको कारोबार गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । साथै उनीहरुले बैंकमा कर्मचारीको नाममा खाता खोल्ने र सञ्चालन गर्ने पनि गरेकोे विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनीहरुले नक्कली भ्याट बिल छपाई गरी कारोबार गर्ने, जसले बिजक जारी गर्छ उसैबाट थोरै कमिसन लिएर बिल फिर्ता गर्ने, बिल छपाई गरी विक्री गर्ने गरेको भेटिएको महानिर्देशक मैनालीले बताए । मुद्दा दर्ता गरिएका व्यक्ति जयकिशोर साह र परमेश्वर साहले मात्र २० ओटा कम्पनी सञ्चालन गरेका अनुसन्धानबाट खुल्न आएको छ । यस्तै विभागले विदेशी विनिमय अपचलन तथा हुण्डी कारोबारी गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बुमाथि मुद्दा दायर गरेको छ । उनीहरुमाथि ३ करोड ६६ लाख बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

रिलायन्स सब रेमिट प्रालिका सञ्चालक सुब्बाले इन्द्रनारायण लिम्बु समेतको साझेदारीमा रिलायन्स सब रेमिट प्रालि दर्ता गरी उक्त फर्ममार्फत मलेशियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाउँबाट अर्को ठाउँ पठाएको कारोबार देखाई विदेशी विनिमय अपचलन गरेको विभागले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

राजस्व ठगी गर्ने कम्पनीहरुको विवरणः–

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)