ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनीमा पहिलो पटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ यन्त्र जडान

Apr 28, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दा माथिका सबै भूकम्पको मापन तथा अभिलेख रहने

वैशाख १५, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीसँगै सीमाना जोडिएको पर्वन बेनीमा अवस्थित् न्यू होराइजन आवासीय माविमा भुकम्पको जानकारी दिने ‘सिस्मोमिटर’ यन्त्र जडान गरिएको छ । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियान अन्तरगत् उक्त यन्त्र जडान गरिएको हो ।

यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दा माथिका सबै भूकम्पको मापन तथा अभिलेख रहनेछ ।विद्यालयमा जडान गरिएको उक्त यन्त्रको उद्धघाटन गदै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भुकम्पको जोखिम न्यूनिकरणमा उपकरणको जडानसँगै सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

वि.सं.२०७२ सालमा गएको भूकम्पबाट नेपालमा यन्त्रको प्रयोगसँगै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । स्विजरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुबेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै आवश्यक शिक्षालाई अपेक्षा गरे अनुसार अगाडी बढाउन नसकिएको बताए ।

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित् जनप्रिय मावि, मुस्ताङको जनहित मावि जोमसोम, पारीबेनीकोे न्यू होराइजन आवासीय मावि, पर्वतको ग्रामप्रकाश मावि लेकफाँट, गुरूकुल एकेडेमी कुस्मा, गलकोट एकता आवासीय मावि बागलुङमा उक्त यन्त्र जडान गरिने नेपाली वैज्ञानिक सुवेदीले जानकारी दिए । उनका अनुसार मुस्ताङ र म्याग्दीको दुई ओटा विद्यालयमा उक्त यन्त्र जडान गर्न बाँकी छ ।

यन्त्र जडानको अवसरमा होराईजन विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई उक्त यन्त्रका साथै भूकम्पीय जोखिमका बारेमासमेत शिक्षा दिने बताए । एउटा यन्त्र जडानका लागि रू.१ लाख पर्छ । यन्त्र जडान कार्यक्रममा जलजला गाउँपालिकाका विपद् ब्यवस्थापन समितिका संयोजक एवं वडाअध्यक्ष भिष्म मल्ल, वडा अध्यक्ष देबेन्द्र भण्डारी, तुलसीराम रेग्मी लगायत अभिभावक, स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)