ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा नयाँ पदमार्ग निर्माण

Jul 11, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी
पर्वत । पर्वतका करीब १ दर्जन पर्यटकीय क्षेत्र समेटेर नयाँ पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण पदमार्गसँग जोड्नेगरी देउपुर– घोडेपानी पदमार्ग निर्माण गरिएको हो । मोदी गाउँपालिकामा पर्ने देउपुर, भुकदेउराली, ताङ्ले, भवरकोट, लेस्पार, घुरुंगा, वीरेठाँटी, लप्सीबोट, पूर्णगाउँ, देउराली लगायत गाउँ समेटेर नमूना पदमार्ग निर्माण गरिएको हो । २१ किलोमिटर दूरीको यो पदमार्ग म्याग्दीको घोडेपानी पुगेर टुंगिन्छ । संघीय सरकार र गण्डकी प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिएको भमरकोट पर्यटन विकास समितिका अध्यक्ष मनबहादुर खड्काले जानकारी दिए । पदमार्ग निर्माणमा ४५ लाख लगानी भएको उनले बताए । यो रूटलाई अन्नपूर्ण पदमार्गको विकल्पको रूपमा विकास गर्न सकिने अध्यक्ष खड्काको भनाइ छ । ‘अहिले नयाँपुलबाट अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमा पुग्छन्,’ उनले भने, ‘अहिले यो पदमार्ग उनीहरूको रोजाइमा पर्न थालेको छ ।’ लामो समयको अध्ययनपछि योे पदमार्गको डिजाइन तथा विकास गरिएको उनले बताए । पदमार्ग निर्माणमा संघ सरकारले ३५ लाख र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख सहयोग गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेतले बताए । ‘बजेटअनुसारको काम सकिइसकेको छ,’ उनले भने, ‘मन्त्रालयले तोकेअनुसारको प्रक्रिया पूरा गरी भुक्तानी दिने चरणमा छौं ।’ पदमार्ग निर्माणसँगै पर्यटकीय सम्भावना रहेका गाउँमा रोजगारी र आर्थिक उपार्जनको बाटो खुल्ने मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)