ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका वनमा पर्यापर्यटन कार्यक्रम

May 14, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीका वन क्षेत्रहरूमा पनि पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सातओटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम शुरू गरिएको हो । सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी आम्दानी गर्ने, वनको कोष बढाउने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले बताएको छ । पर्यापर्यटन कार्यक्रम लागू भएका सामुदायिक वनहरूमा बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित बगरफाँट सामुदायिक वन, बेनपा–५, पुलाचौरको पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन र पुला गाजने सामुदायिक वन र बेनपा–६, अर्थुंगेको खैरेनी सामुदायिक वन छन् । यसैगरी धवलागिरि गाउँपालिका–३, मुनाको दहपातल सामुदायिक वन, मालिका–५, को भीरखर्क सामुदायिक वन र रघुगंगा–५, झीँको सिद्ध सामुदायिक वन उपभोक्ता समूह छनोट भएको डिभिजन वन कार्यालय म्याग्दीले बताएको छ । उक्त सामुदायिक वन उपभोक्ता समूहमार्फत सामुदायिक वन क्षेत्रमा वनभोजस्थल निर्माण, मठमन्दिर पुनर्निर्माण तथा मर्मत, मन्दिरको घेराबार, शौचालय र पदमार्ग निर्माण जस्ता काम अगाडि बढाइएको छ । कार्यक्रमबाट प्रत्येक सामुदायिक वनलाई ५÷५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । त्यसमध्ये स्थानीयले २० प्रतिशत रकम बेहोर्नुपर्ने हुन्छ । सामुदायिक वन क्षेत्रमा विभिन्न किसिमका संरचनाको निर्माण गरेर जिल्लामा आन्तरिक तथा बाहय पर्यटक आगमन बढाउन कार्यक्रम शुरू गरिएको डिभिजन वन कार्यालय, म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । उनका अनुसार सातओटा सामुदायिक वनमध्ये बेनपा–२, बगरफाँट र अर्थुंगेको सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारबाट बजेट आएको छ । यसैगरी अन्य सामुदायिक वन क्षेत्रमा कार्यक्रमका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको उनले बताए । वन्यजन्तु सफारी तथा अवलोकन, भ्यू टावर निर्माण, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन र आर्थिक विकासमा टेवा पु¥याउन कार्यक्रम अगाडि सारिएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)