ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुकदेउराली नमूना पर्यटकीय क्षेत्र बन्दै

May 16, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

जेठ २, पर्वत । बिश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै रहेको पर्वतको भुकदेउराली गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने अभियानमा स्थानीयबासीहरु जुटेका छन् । चटक्क मिलेको र हिमालको काखमा रहेको गाउँमा पर्यटकहरुलाई स्वागत गर्न स्थानीयले विभिन्न पूर्वाधारहरु निर्माण गरेका छन् ।

पर्यटकीय गाउँ बनाउने अभियानमा प्रवासमा रहेका भूकबासीले रू. ५० लाख भन्दा बढी सहयोग उपलब्ध गराएका छन् । पर्यटकलाई स्वागतका गर्न स्वागतद्धार, स्थानीय परिकार र आतिथ्यता सहितको होमस्टे तथा शौचालय निर्माण गरिएकोे छ । टोलटोलमा आमा समूहले सालैजो र रोईला भाकाले यहाँ आउने पर्यटकहरुलाई स्वागत गर्ने गरेका छन् । गाउँमा एकनासका ढुंगाले छाएका घर छन् भने सबै घर एउटै रंगले रंगाइएको छ । गाउँभरि ढुंगाको छपनी बिछ्याएर बनाइएको सिंढीसँगै रेलिङ राखिएको छ ।

गाउँमा फोहोर फाल्ने ड्रम राखिएका छन् । गाउँमा रातैभर उज्यालो हुनेगरी सडकबत्ती जडान गरिएको छ । महिला समुहले साप्ताहिक रुपमा बाटोघाटो पनि सफा गर्ने गर्छन । नमूना गाउँ अभियानका संयोजक चीजकाजी गुरुङका अनुसार गाउँमा १ हजार ३३३ मिटर लम्बाइको सिंढी बनाइएको छ । २२० मिटर धूलेसडक ढलान गरिएको छ भने ४९ ओटा सडक बत्ती र ४ ओटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

भुकदेउरालीमा १६७ घर रहेकोमा ५० ओटा घरमा होमस्टे सञ्चालनमा छन् । बेलायती सेनामा भर्ती भएर उतै बस्दै आएका स्थानीय पञ्चकाजी गुरुङको नेतृत्वमा प्रबासीले सहयोग गर्दै आएका छन् । गाउँमा पुर्वाधार लागि रू.५७ लाख ८ हजार खर्च भएको छ । गाउँबाट अन्नपूर्ण साउथ हिमाल देखिन्छ भने एक घण्टा उकालो चढेपछि धौलागिरिदेखि मनास्लु सम्मको हिमश्रृंखला देख्न सकिन्छ । दृश्यावलोकन, सफा वातावरण, मिलेको बस्ती र गाउँवासीको आतिथ्यताले गाउँ पर्यटकीय केन्द्रसँगै थप नमूना हुने अपेक्षा रहेको वडाध्यक्ष गौवहादुर गुरुङले बताए ।

उनले भने, ‘नमूना गाउँ बनाउन वडाले पनि सक्दो सहयोग गरेको छ ।’ गाउँमाथिको भमरकोट मन्दिर सूर्योदयका लागि उपयुक्त स्थान हो । पछिल्लो समय नयाँपुल, भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग छ । पदमार्ग जाने पर्यटकलाई टेन्ट बनाएर बस्ने व्यवस्था गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)