ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका ६ ओटै स्थानीय तहमा बजार अनुगमन

May 22, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीका ६ ओटै स्थानीय तहमा एकै दिन एकसाथ बजार अनुगमन गरिएको छ । जिल्लाका ६ ओटै स्थानीय तहका १२३ पसलमा सोमवार बजार अनुगमन गरिएको हो । उक्त अनुगमनका क्रममा ग्रामीण क्षेत्रका अधिकांश पसल विनादर्ता सञ्चालन भएको पाइएको छ । यसैगरी दर्ता भए पनि मूल्यसूची नटाँसिएको, अपडेट नगरिएको, नवीकरण नभएको, म्याद नाघेका खाद्यान्न विक्रीवितरण गरिएको, एकै ठाउँमा डेरी र किराना पसल सञ्चालन गरिएको जस्ता कमजोरी पाइएको अनुगमन टोलीले बताएको छ । टोलीले बेनीबजारमा २८, मंगलामा २९, मालिकामा १९, धवलागिरिमा १२, रघुगंगामा १६ र अन्नपूर्णमा १९ ओटा पसलको अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दी र स्थानीय तहको समन्वयमा स्थानीय तहका केन्द्रमा सञ्चालित मुख्य बजारमा अनुगमन गरिएको प्रशासन कार्यालयले बताएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिकामा प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनी, रघुगंगामा स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्य, मंगलामा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत सरिता गौतम, मालिकामा जिल्ला कारागार कार्यालय प्रमुख राजेन्द्र शर्मासहितको टोलीले बजार अनुगमन गरेको थियो । बेनीबजारमा दुईओटा टोलीमार्फत पसलको अनुगमन गरिएको थियो । मुख्य बजारहरूमा सञ्चालनमा रहेका खाद्यान्न, मासु, तरकारी, होटल, एग्रोभेट, हार्डवयर, फेन्सी र कस्मेटिक पसलमा अनुगमन गरिएको बताइएको छ । पेशा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन नियमित एवं आकस्मिक गरी दुईओटा अनुगमनका कार्यक्रम अघि सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । अब हरेक महीनाको पहिलो सोमवार नियमित रूपमा बजार अनुगमन गरिने भन्दै प्रजिअ अधिकारीले आवश्यकता अनुसार आकस्मिक अनुगमन पनि गरिने जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)