ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँको सुविधाले पनि रोकेन बसाइसराइ

Jun 13, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । मोदी–८ चित्रेका चिरञ्जीवी गुरुङ भारतीय सेनाबाट अवकाश भएपछि २०६५ सालमा सपरिवार पोखरा बसाइ सरे । त्यही वर्ष सन्तबहादुर गुरुङ, लक्षण गुरुङ, नरजंग गुरुङ, शोभाकर केसीको परिवार पनि गाउँ छाडेर बजार स¥यो । गाउँमा शिक्षा, स्वास्थ्य, सडक, विद्युत् लगायत पूर्वाधार विकास हुँदै गएको छ । तर पनि बसाइसराइ भने रोकिएको छैन । जिल्लाकै सबैभन्दा बढी बसाइसराइ हुने वडाको रूपमा चिनिन्छ चित्रे । स्थानीय सरकार बनेपछि गाउँमा सेवासुविधा थपिए पनि बसाइसराइको दर भने नघटेको वडासचिव गोकुल शर्माले बताए । ‘बसाइसराइ बढिरहेकोमा हामी चिन्तित छौं,’ उनले भने, ‘गाउँमा मान्छे टिक्नै मुश्किल भयो ।’ दलित र जनजातिको बाहुल्य रहेको चित्रेबाट बसाइ सर्नेमा गुरुङ समुदाय अगाडि छन् । यो समुदायका युवा नोकरीसँगै अन्य अवसरको खोजीमा गाउँ छाड्ने गरेका हुन् । स्थानीय वयोवृद्धहरूका अनुसार २०४० सालसम्म यहाँ गुरुङ समुदायको करीब २ सयभन्दा बढी परिवारको बसोवास थियो । ‘तर अहिले मुश्किल ५५ घरपरिवार छन्,’ स्थानीय शिक्षक सुशीलादेवी गुरुङले भनिन्, ‘तीमध्ये पनि केही बसाइ सर्ने तरखरमा छन् ।’ जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा पनि बसाइसराइको दर उच्च छ । गाउँमा बिजुली पुगेको छ, कच्ची भए पनि मोटरबाटो छ, घरघरमा पानीका धारा छन्, तर गाउँमा बस्न मानिस इच्छुक नै छैनन् । बसाइसराइले गाउँ रित्तो भइसकेको छ । ‘यहाँका बासिन्दा गाउँमा भन्दा शहरमा बस्ने बढी भइसके,’ वडाध्यक्ष तेजप्रसाद पाध्याले भने । दुर्लुङबाट वर्षेनि ३० परिवार गाउँ छोड्ने गरेको तथ्यांक वडा कार्यालयको छ । जिल्लाका राम्जा, आर्थरडाडाँर्खक, भोक्सिङ, क्याङ, लेस्पार लगायत गाउँ बसाइसराइकै कारण रित्तिन थालेका छन् । गाउँमा व्यावसायिक तथा प्राविधिक शिक्षा र रोजगारीको व्यवस्था हुन सके बसाइसराइ न्यूनीकरण गर्न सकिने सरोकारवालाहरूको बुझाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)