ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका ८२% नागरिक सञ्चारको पहुँचमा

Jul 1, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा सूचना र सञ्चारको विकास तीव्ररूपमा भइरहेको छ । केही वर्ष अघिसम्म देशका विभिन्न स्थान वा विदेशमा रहेका आफन्तलाई फोन गर्न ३ दिन हिँडेर सदरमुकाम बेनी झर्न म्याग्देलीहरू बाध्य थिए । तर अहिले उनीहरूको हातहातमै मोबाइल छ । यसबाट उनीहरू देश विदेशमा रहेका आफन्तसँग प्रत्यक्ष सम्पर्कमा रहनुका साथै विभिन्न सामाजिक सञ्जालमा समेत आबद्ध छन् । नेपाल टेलिकम, म्याग्दीका अनुसार जिल्लाका ८२ प्रतिशतभन्दा बढी नागरिक सञ्चारको पहुँचमा छन् । टेलिकमले जिल्लाका ३५ स्थानमा बीटीएस टावर राखेर सञ्चार सुविधा उपलब्ध गराएको छ । जिल्लाका ९५ हजार जनाले नेपाल टेलिकम, एनसेल लगायत कम्पनीको सञ्चार सेवा प्रयोग गर्छन् । जिल्लामा प्रिपेड मोबाइलका ७० हजार ४३२, सीडीएमए (स्काई) मोबाइलका १५ हजार २६३, पोस्टपेड मोबाइलका १ हजार ७१४, ल्यान्डलाइन टेलिफोनका १ हजार ३०६ र सीडीएमए टेलिफोनका ५१५ जना ग्राहक छन् । जिल्ला सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पस चोक, बेनी नगरपालिकाका ५ र ९ नं वडामा मोवाइल फोनका लागि बीटीएस टावर सञ्चालन गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय, म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए । शुक्रवार जिल्लाको झाँक्रीपानीमा पनि बीटीएस टावर सञ्चालनमा ल्याइएको छ । यसैगरी निजीक्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको पनि म्याग्दीमा राम्रै पहुँच छ । जिल्लाको माथिल्लो क्षेत्रका अधिकांशले एनसेलको सिम प्रयोग गर्ने गरेका छन् । जिल्लाका ५५ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन् भने रेडियो, पत्रपत्रिका र टेलिभिजनमा पनि पहुँच बढ्दै गएको नेपाल पत्रकार महासंघ, म्याग्दीले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)