ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
चल्लाको मूल्य नपाइएपछि चल्न सकेनन् ह्याचरी उद्योग, 'युवा विदेशिँदा खपत गर्ने घटे'

चितवन । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला विक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।  नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ ओटामात्रै सञ्चालनमा छन् । पोल्ट्री क्षेत्रका ज्ञाता डा. तिलचन्द्र भट्टरा...

विस्तृतमा →

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

काठमाडौं । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरी नल्याउन सांसदहरूको ध्यानाकर्षण गराएको छ । विधेयकमा परामर्शमा लागि आज समितिले आयोजना गरेको ब...

विस्तृतमा →

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  आगामी १० वर्षमा १० हजार मेगावाट बिजु...

विस्तृतमा →

सातै प्रदेशमा आइएमईको रेमिट्यान्स साक्षरता कार्यक्रम

काठमाडौं। आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत मङ्सिर महीनाभर सञ्चालन गरेको उक्त कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यावसायिक साझेदार सहभागी भएको बताइएको छ । साक्षरता कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स प्राप्त गर्ने, हस्तान्तरण गर्ने...

विस्तृतमा →

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजदेखि

काठमाडौं। नेपाल र भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आज (बिहीवार) काठमाडौंमा शुरू हुने भएको छ । बैठकमा भारतीय लगानीका पूर्वाधारको अवस्था, विद्युत् व्यापार, द्विपक्षीय अन्य सहयोग र समझदारीबारे छलफल तथा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा...

विस्तृतमा →

१० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं। नेपाल–भारतबीच आज (बिहीवार) दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदै छ । उक्त सम्झौताले नेपालका लागि दीर्घकालीन विद्युत् व्यापारको ढोका खोल्ने अपेक्षा छ । जयशंकर र उनका नेपाली समकक्षी एनपी साउदको उपस्थितिमा नेपाल सरकारका ऊर्जासचिव गोपालप्रसाद सिग्देल र उनका भारतीय...

विस्तृतमा →

जाजरकोट–रुकुम भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण शुरू भएन

काठमाडौं। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको २ महीना बिते पनि पुनर्निर्माणको काम शुरू भएको छैन । पुनर्निर्माणको काम शुरू नभएपछि प्रभावित क्षेत्रका स्थानीय सरकार, जिल्लास्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तथा जनप्रतिनिधिले पुनर्निर्माणको काम तत्काल शुरू गर्न आग्रह गरे...

विस्तृतमा →

अन्तरबैंक ब्याजदर ४ महीनापछि कोरिडोरको सीमाभित्र

काठमाडौं। दैनिक औसत अन्तरबैंक ब्याजदर ४ महीनापछि ब्याजदर कोरिडोरको सीमाभित्र कायम भएको छ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत साढे २ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरेपछि ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा माथि उक्लिएको हो ।  राष्ट्र बैंकका अनुसार मंगलवार दैनिक औसत अन्तर...

विस्तृतमा →

दुई महीना स्वीकृति प्रक्रिया रोकिँदा प्राथमिक निष्कासन शून्य

काठमाडौं। धितोपत्रको प्राथमिक बजार यतिबेला शून्य अवस्थामा छ । प्राथमिक बजार पुस १६ गतेपछि शून्य बनेको हो । निरन्तर सार्वजनिक निष्कासन भइरहने प्राथमिक बजारमा पछिल्लो समय नियामक निकायले स्वीकृति प्रक्रिया लामो समय रोक्दा शून्य बन्न पुगेको हो ।  पुस १६ गतेसम्म सार्वजनिक निष्कासनमा घलेम्दी...

विस्तृतमा →

एक साता पछि सर्‍यो लगानी सम्मेलन

काठमाडौं। सरकारले आगामी वैशाख ९ र १० गते तोकिएको तेस्रो अन्तरराष्ट्रिय लगानी सम्मेलनको तिथि १ साता पर सारेको छ । लगानी बोर्डका अनुसार अब उक्त सम्मेलन २०८१ वैशाख १६ र १७ (अप्रिल २८ र २९) मा काठमाडौंमा हुनेछ ।  बोर्डले यससम्बन्धी प्रस्ताव बुधवार अर्थमन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको निर्द...

विस्तृतमा →