ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्ती उपक्षेत्रीय अस्पताल मेडिकल कलेजमा रूपान्तरण हुँदै

Oct 12, 2017  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङको राप्ती उपक्षेत्रीय अस्पताल अब सरकारी मेडिकल कलेजमा रूपान्तरण हुने भएको छ । लामो समयको प्रयासपछि मङ्गलवार व्यवस्थापिका–संसद्बाट राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिान गठन गर्न बनेको विधेयक २०७४ पारित भएपछि उक्त अस्पताल सरकारी मेडिकल कलेजका रूपमा विकास हुने भएको हो । यो विधेयक पारित भएसँगै राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने कानुनी बाटो खुलेको छ । प्रतिष्ठानको मुख्य अङ्गको रूपमा मेडिकल कलेज रहनेछ, जसका लागि अहिलेको राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने विधेयकमा उल्लेख छ । घोराही–१८ नवलपुरमा रहेको सार्वजनिक जग्गामा प्रतिष्ठानको भवन निर्माण गरिनेछ भने त्यहाँ चिकित्सा शिक्षा अध्ययन शुरू हुने बताइएको छ । प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थी तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा तोकिएको अवधिभरि काम गरेका स्वास्थ्यक्षेत्रका कर्मचारीलाई एमबीबीएस अध्ययनका लागि भर्ना गर्न पाउनेछ । २०१६ सालमा महेन्द्र हेल्थ सेण्टरको रूपमा यो अस्पताल स्थापना भएको थियो । त्यसपछि जिल्ला अस्पतालको रूपमा सञ्चालन भएको हो । २०६५  चैत १२ गते उक्त अस्पताललाई राप्ती उपक्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । करीब ५० वर्षपछि सरकारी मेडिकल कलेजको रूपमा विकास हुन लागेको अस्पतालबाट यस क्षेत्रका लाखौं जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)