ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने 

२०८० जेठ, १५  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विद्यालयमा बालबालिका टिकाउने कार्यक्रमलाई  उच्च प्राथमिकतामा राखेर सञ्चालन गरिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

उनका अनुसार  आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने छ। प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उनले घोषणा गरेका छन् । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने भएको छ । 

बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन् ।  हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)