ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोइका –कान ज्ञान साटासाट कार्यक्रम 

२०८० जेठ, ३२  
विविध शिक्षा
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । कीर्तिपुरस्थित हाइकास्ष्ट कलेजसँगको सहकार्यमा कोइका–कान ज्ञान साटासाट कार्यक्रमको आयोजना भएको छ । पहिलो पटक आयोजिक यस कार्यक्रमको उद्देश्य कोइकाको स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमसम्बन्धी अनुभव र ज्ञान साटासाट गर्नु थियो ।

कार्यक्रममा कोइकाको स्नातकोत्तर डिग्री छात्रवृत्ति कार्यक्रम २०२१ बाट हालै उत्तिर्ण भएका र नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकारी पुरुषोत्तम बहादुर रौनियारले आफ्नो थेसिसको अन्तरदृष्टि, कोरियामा अध्ययनरत् रहँदा आफ्नो अनुभव र ज्ञान दिए । सन् १९९५ यता सिप सुधार तथा भोलीको लागि उन्नति (सीआईएटी) कोइकाको महत्वपूर्ण विकास सहकार्य कार्यक्रमको रुपमा रहेको छ ।

सरकारी अधिकारीहरुलाई छोटो अवधिको तालिम अनि स्नातकोत्तर डिग्री छात्रवृत्ति कार्यक्रममा सहभागी गराएर यसले मानव संसाधन विकासमा टेवा दिइरहेको छ । वर्षेनी नेपालका सय भन्दा धेरै सरकारी अधिकारीहरुरु छोटो अवधिको तालिम कार्यक्रममा सहभागी हुने गरेका छन् । हरेक वर्ष १५ सरकारी अधिकारीहरुले उक्त छात्रवृत्ति कार्यक्रमबाट स्नातकोत्तर तहको शिक्षा हासिल गरिरहेका छन् । अहिलेसम्म नेपालका १ हजार ७०० भन्दा धेरै अधिकारीहरु कोरियामा विविध तालिम कार्यक्रममा सहभागी भइसकेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)