ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्सफोर्ड कलेजलाई ‘पिक अफ सक्सेस’ अवार्ड

२०८० जेठ, १६  
विविध शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन  । नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले ‘पिक अफ सक्सेस’ अवार्ड प्राप्त गरेको छ । विश्वभरका उत्कृष्ट र सफल कम्पनीलाई अवार्ड प्रदान गर्ने अमेरिकन कम्पनी द कन्फिडेरेसन अफ बिजनेशले काजाखस्थानको राजधानी आस्थानामा आयोजित कार्यक्रममा कलेजका प्राचार्य हरि भण्डारीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

द कन्फिडेरेसन अफ बिजनेसका प्रेसिडेन्ट जेसिस मोर्गानले विभिन्न ५० राष्ट्रका विभिन्न व्यावसायिक संघसंगठनका प्रमुख एवम् प्रतिनिधिका समक्ष अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य भण्डारीलाई प्रदान गरेका हुन् । अब्बल र गुणस्तरीय शैक्षिक संस्था बनाउन सफल भएको भन्दै प्राचार्य भण्डारीलाई ‘वल्र्ड लिडर बिजनेश पर्सन’ र ‘वल्र्ड बिजनेश लिडर’ अवार्डले सम्मान गरिएको उक्त संस्थाले बताएको छ । २०५७ सालमा स्थापित कलेजमा बीसीए,  इन्जिनीयरिङ, होटेल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, बीबीए लगायत कार्यक्रम सञ्चालन हुँदै  आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)