ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे हाइड्रोपावरको बुक क्लोज मिती परिवर्तन

Oct 15, 2017  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
असोज २७, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको साधारण सभा प्रयोजनको बुक क्लोज मिती परिबर्तन गरिएको छ । कम्पनीले यस अघि जारी गरिएको सुचनामा बुक क्लोज मिती असोज २७ गते देखि कात्तिक १७ सम्म रहेकोमा अहिले परिवर्तन गरी कात्तिक ६ गते देखि २४ गते सम्म रहेको छ । कुनै पनि कम्पनीले शेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको सूचना ७ दिन अगाडी सार्वजानिक गनूपर्ने कानुनी प्रावधान रहेकोमा चिलिमे जलविद्युत कम्पनीले बुक क्लोज हुने एक दिन अगाडीमात्र सूचना सार्वजानिक गरेको थियो । प्राय लगानीकर्ताहरुले लाभांश प्राप्त गर्नको लागि विहिवार उच्च मुल्यमा शेयर किनिसकेका छन् । कम्पनीले कानुन मिचेर शेयरधनी दर्ता पुस्तिका बन्दको सूचना ढिला दिएको भन्दै लगानीकर्ताहरुले विरोध गरेपछि बुक क्लोजकको मिति सच्चाएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)