ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिमैत्री बन्दै आस्बा प्रणाली : सार्वजनिक निष्कासन थप सरल हुने अपेक्षा

Nov 12, 2017  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्कासन कार्य थप सरल र व्यवस्थित बनाउने उद्देश्यले आस्बा प्रणालीलाई प्रविधिमैत्री बनाउने प्रयास गरिएको छ । नेपाल धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लीयरिङ लिमिटेडबाट यस प्रणालीलाई प्रविधिमैत्री बनाउने प्रयास थालिएको हो । यसका लागि सीडीएस एण्ड क्लीयरिङ लिमिटेडले प्रस्तुत गरेको ‘धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ लाई बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले सबै सरोकारवाला धितोपत्र बजार, बैङ्क तथा वित्तीय संस्था, मर्चेण्ट बैङ्कर र निक्षेप सदस्यहरूसँग अन्तरक्रिया तथा छलफल गरी स्वीकृति प्रदान गरेको हो । बोर्डले परिमार्जन गरिएको उक्त निर्देशिका धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० बमोजिम स्वीकृति प्रदान गरेको जानकारी दिएको छ । सम्पूर्ण धितोपत्र निष्कासन प्रक्रियामा संलग्न निकायले प्रदान गर्ने सेवामा एकरूपता कायम गर्ने उद्देश्यले निर्देशिका परिमार्जनसहित स्वीकृति प्रदान गरिएको बोर्डको भनाइ छ । यस निर्देशिकाको कार्यान्वयपश्चात् धितोपत्रको आवेदन लिने कार्य सहज हुने अपेक्षा बोर्ड र सीडीएससीको छ । यसबाट धितोपत्रको आवेदन रद्द हुने सम्भावनासमेत कम हुने बताइएको छ । साथै, धितोपत्रको बाँडफाँट समय बढीमा १५ दिन मात्र लाग्ने हुँदा धितोपत्र सूचीकरण समयमै भई छिटो कारोबार योग्य हुनेछ । यसबाट लगानीकर्ताले छोटो समयमा आफ्नो लगानीको प्रतिफल पाउन सक्ने अवस्था सृजना हुने आशा बोर्डले गरेको छ । बोर्डले २०७३ माघदेखि नै सङ्गठित संस्थाको सार्वजनिक निष्कासनमा आवेदन गर्न चाहने लगानीकर्तालाई आस्वाबाट आवेदन गर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई यस वर्षको साउन महीनादेखि नै अनिवार्य लागू गर्न सबै सङ्गठित संस्थालाई दिएको निर्देशनअनुरूप अहिले ७५ जिल्लामा रहेका बैङ्क तथा वित्तीय संस्थाका २ हजार ४ सय बढी शाखाबाट आस्बा सेवा प्रदान भइरहेको बोर्डले जानकारी दिएको छ । परिमार्जित निर्देशिकामा भएका व्यवस्थाहरू
  • सीडीएस एण्ड क्लीयरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्रको खरीद आवेदन प्रक्रियामा एकरूपता कायम गर्ने उद्देश्यले बैङ्क खाता र हितग्राही खाता रुजु गरी केन्द्रीकृत रूपमा प्रविष्टि गर्न मिल्ने, निष्कासन तथा विक्री प्रबन्धकलाई दोहोरो आवेदनको स्थिति जाँचबुझ गर्न आवश्यक विवरण प्राप्त हुने तथा दोहोरो आवेदन प्रमाणित भएको खण्डमा आवेदन रद्द गर्न सकिने, धितोपत्र बाँडफाँट गर्न अन्तिम विवरण तयार हुनेलगायत विशेषता भएको सी–आस्बा नामक सफ्टवेयर निर्माण गरी आस्बा सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने ।
  • बैङ्क तथा वित्तीय संस्थाले सी–आस्बा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैङ्क खाताको विवरण रुजु गर्ने, ग्राहकलाई रजिष्ट्रेशन नम्बर प्रदान गर्ने, ग्राहकबाट प्राप्त आवेदन रुजु गर्ने तथा प्रविष्टि गर्ने, सफ्टवेयरबाट प्राप्त रिपोर्टको आधारमा ग्राहकको बैङ्क खातामा रकम रोक्का राख्ने, डेबिट गर्ने वा फुकुवा गर्ने तथा सोको रिपोर्ट सफ्टवेयरमा प्रविष्टिलगायत कार्य गर्ने ।
  • सी–आस्बा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्थामा खाता रहेका ग्राहकले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यमार्फत इण्टरनेटमार्फत आवेदन दिन सक्ने ।
  • बैङ्क तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खातामा रोक्का रहेको रकममध्ये बाँडफाँट भएको शेयरबापतको रकम रकमान्तरण गरी बाँकी रकम फुकुवा गर्ने र निष्कासन तथा विक्री प्रबन्धकले सीडीएससीमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित ग्राहकको हितग्राही खातामा शेयर हस्तान्तरण गर्ने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)